काठमान्डू,
एक नेपाली युवतीले अष्ट्रेलियामा श्रीमानमाथि धारिलो हतियार प्रयोग गरेर ह’ त्या गरेकी छिन् । मृ ‘तकको पहिचान सन्तोष गौतमको रुपमा भएको छ । पुलिसले शनिबार राती ग्रानभिल स्थित उनीहरुको घरमा ३४ वर्षे सन्तोषलाई गहिरो चोट लागेको अवस्थामा भेटेको अष्ट्रेलियाको समाचार वेबसाइट 9news.com.au ले बताएको छ ।
रिपोर्टमा बताइए अनुसार सन्तोषले वेस्टमेड अस्पतालमा अन्तिम सास फेरे । ३४ वर्षे नुमा गौतमलाई श्रीमानको ह ‘त्याको आरोप लागेको छ । रिपोर्टमा बताइए अनुसार नुमाले आफ्नो श्रीमानलाई एकपटक काँधमा चक्कुले प्रहार गरेकी थिइन् । उनको अत्यधिक रक्तश्रावका कारण मृ ‘त्यु भएको बताइएको छ ।
नुमालाई प्रहरीको निगरानीमा वेस्टमेड अस्पतालमा सामान्य उपचारका लागि लगिएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई ग्रान्डभिल पुलिस स्टेशन पुर्याइएको छ । घटनाको केही घण्टा अघि गौतमलाई नजिकैको टायर पसलबाट श्रीमती र ८ वर्षे छोरी भएको घरमा फिर्ता भइरहेको सिसिटीभी क्यामरामा देख्न सकिन्छ ।
परिवार र आफन्तले यो जोडी केही महिना अघिदेखि आफ्नो भिसाका कारण चिन्तित भएको बताए । अष्ट्रेलियामा थप बस्न पाउने हो होइन भनेर यी दुई चिन्तित भएको रिपोर्टमा उल्लेख छ । स्थानीय नेपाली समुदायले उनीहरुको छोरीको जिम्मा लिने वचन दिएको छ ।
डेली मेलका अनुसार गौतम नेपाली क्रिकेट संघका सदस्य पनि थिए । उक्त संघले आइतबार आयोजना हुन लागेको आफ्नो ए–ग्रेड म्याच पनि रद्द गरेको बताएको छ ।
यो पनि पढ्नुहोस
सिमकोट-आगामी मंसिर १४ गते हुन गै रहेको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्बाचनका लागि मतदान केन्द्रको अनुगमन गर्ने कार्य सकिएको छ।
दुई दिन लगाएर जिल्ला सुरक्षा समितिका सबै सदस्यहरुले स्थलगत रुपमा अनुगमन गरेका हुन।
जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईको नेतृत्वमा आईतबार उपनिर्वाचन हुने खार्पुनाथ गाउँपालिकाको पाँच वटै मतदान केन्द्रको स्थलगत अनुगमन गर्ने कार्य सम्पन्न भएको र सबै मतदान केन्द्रको स्थिती सामान्य रहेको प्रजिअ भट्टराईले बताइन्।
अहिले खार्पुनाथ गाउँपाकिलालाई सुरक्षा ब्यबस्था पनि कडा पारिएको छ । अनुमगन टोलीले वडा नम्बर १ को मतदान केन्द्र मालिका माबि, २ को शंकर आधारभुत विद्यालय केन्द्र, ३ को हुम्ला माबि राया, ४ को सीता माबि छिप्रा र ५ को मान्धार माबि खर्पेलगाँउमा पुगेरै अनुगमन गरेको हो।
मतदानका लागि ठाउँ पनि उपयुक्त रहेको र अबस्था पनि सामान्य पाएको उनले बताइन्। एक मतदान केन्द्रबाट अर्को तमदान केन्द्रमा पुग्ना चार देखि छ घण्टासम्म पैदल लाग्ने छ।
जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रजिअ भट्टराई, प्रहरी नायव उपरिक्षक राम प्रसाद घर्तीमगर, नयाँ भैरबी दल गुल्मका गुल्मपति बिक्रम थापा, सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनराज बिष्ट र राष्ट्रिय अनुसन्धानका डिएसपी सन्जिव कुमार चौधरीको अनुगमनमा सहभागिता रहेको थियो।