काठमान्डू,
शुक्रबारबाट पोखरामा सुरु भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं महाधिवेशन आईतबार सम्पन्न भएको छ । प्रतिष्ठानको नयाँ नेतृत्वमा गीतकार रमेश बिजी चयन भएका छन् । गायक तथा अध्यक्षका अर्का प्रत्यक्षी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै गीतकार बिजी प्रतिष्ठानको अध्यक्षमा बिजयी भएका हुन् । निर्वाचनमा रमेशले ५८४ मत प्राप्त गरेर बिजय हाँसिल गरेका हुन भने बिष्णुले ५४५ मत प्राप्त गरेका थिए ।
आईतबार बेलुकीबाट सुरु भएको मत गणनाको सम्पूर्ण परिणाम सोमबार बिहानीपख आएको हो । प्रतिष्ठानको अध्यक्ष सहित सचिब, कोषाध्यक्ष र केन्द्रिय सदस्य पदमा निर्वाचन भएको थियो भने बाँकी पदाधिकारीहरु निर्विरोध चयन भएका थिए ।प्रतिष्ठानको खुला सचिब तर्फ जीवन दाहाल, रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जिसी, बसन्त थापा र पुष्कल शर्मा बिजयी भएका छन् । यस्तै प्रशासन सचिबमा कृष्ण रेउले निर्वाचित भएका छन् ।
हेरौ भिडियोमा बाँकी
यो पनि पढ्नुहोस
लगनखेलको सप्तपाताल पोखरी पुरानै स्वरूपमा ब्युँताउने योजना कार्यान्वयन गर्न अब कानुनी बाटो खुलेको छ।पोखरीको जग्गामा बनेका विद्यालय भवन लगायत संरचना हटाउन सर्वोच्च अदालतले गत असारमा गरेको फैसलाको पूर्णपाठ आएसँगै यो अभियान कार्यान्वयनमा जान बाटो खुलेको हो।
नमूना मच्छिन्द्रनाथ स्कुलले लामो समयदेखि पोखरीको जग्गा अतिक्रमण गरेर बसेको थियो। सर्वोच्चका न्यायाधीशद्वय दिपककुमार कार्की र तेजबहादुर केसीको इजलासले स्कुलले उपभोग गर्दै आएको ११२ नम्बर कित्ताको जग्गा सप्तपाताल पोखरीको नाममा कायम गरेको छ। यसैबमोजिम जग्गा दर्ता गराउनू भनी अदालतले मालपोत कार्यालय ललितपुरका नाममा परमादेश जारी गरेको छ। अब फैसला कार्यान्वयन निर्देशनालयले मालपोत कार्यालय ललितपुरलाई लेखी पठाउने छ।
लगनखेल बसपार्कनिर अशोक स्तूपसँगै कुनै बेला १४ रोपनीभन्दा ठूलो पोखरी थियो। ‘सप्तपाताल’ भनिने यो पोखरी चारतिरबाट मिचिएर डेढ–दुई रोपनी मात्र बचेको छ। त्यहाँ पानी छैन, घाँसघारी मात्र छ। पोखरीलाई पुरानै स्वरूपमा फर्काउन लगनखेलका स्थानीय १४ वर्षदेखि कानुनी लडाइँ लडिरहेका थिए। सप्तपाताल बचाउ अभियानका अगुवा ७३ वर्षीय पूर्ण स्थापितले यसमा मुख्य भूमिका खेले। उनले पोखरी अतिक्रमण बन्द गराउन २०६१ सालमा सर्वोच्चमा मुद्दा हालेका थिए। एकचोटि जिते पनि। अतिक्रमण नरोकिएपछि दोस्रो रिट हालेका हुन्।
पूर्णसँग पोखरी पुनर्स्थापनाको योजना पनि छ। उनका अनुसार अशोक स्तूप वरिपरि चौध रोपनीभन्दा बढी क्षेत्र संरक्षण गरेर पोखरीलाई पुरानै स्वरूपमा ब्युँताइनेछ। केही भागमा सार्वजनिक बगैंचा र सिमसार क्षेत्र निर्माण गरिनेछ। पोखरीमा पानी भर्न टीकाभैरवबाट आउने राजकुलो पुनर्निर्माण गरिनेछ। परम्परागत विधिअनुरूप पोखरी निर्माण गर्न आफूहरूसँग सीप र जनशक्ति भएको उनले बताए।
ललितपुर महानगरपालिकाको १३ लाख रुपैयाँ सहयोगमा यहाँ थोरबहुत संरक्षणको काम भइरहेको पनि छ। स्तूप पछाडि पोखरीकै जग्गामा रोटरी क्लबले सार्वजनिक बगैंचा बनाएको छ। स्थानीयले साँझपख टहलिन थोरै भए पनि खुला स्थल पाएका छन्।
यो क्षेत्र २ सय ५ रोपनीभन्दा ठूलो थियो। दुई हजार तीन सय वर्ष पुरानो अशोक स्तूप यसैभित्र पर्थ्यो। त्यसैको आडमा पोखरी र फराकिलो मैदान थियो। पोखरीमा पानी भर्न टीकाभैरवदेखि राजकुलो बनाइएको थियो। यसले पाटन सहर निम्ति खानेपानी ‘रिजर्भोयर’ को काम गर्थ्यो। भरिएपछि पाटनका ढुंगेधारा र इनार रसाउँथे। खानेपानी अभाव हुन्थेन।
जबदेखि पोखरी र खुला चउर मासिए, पाटनका इनार र ढुंगेधारा सुक्न थाले। स्थानीयको दाबी छ, सप्तपाताल ब्युँतिए भित्री पाटनका इनार र ढुंगेधारा फेरि रसाउनेछन्। खानेपानीको दुःख हुन्न। टीकाभैरवदेखि तन्किएको राजकुलो पुनर्निर्माण गरेर पानी ल्याउन सकिने छ।
यो राजकुलो ढोलाहिटीसम्म लगभग सग्लै छ। त्यहाँबाट लगनखेलसम्म नयाँ बनाउनुपर्छ। यस निम्ति स्थानीयले ललितपुर महानगर र खानेपानी आयोजनासँग कुरा गरिसकेका छन्। ‘पोखरी ब्युँताउन सकियो भने मेलम्चीको पानी चाहिँदैन भनेका छौं,’ पूर्णले भने, ‘कसैले नगरे स्थानीयसँग एक–एक रुपैयाँ उठाएर भए पनि गर्छौं।’