पाठेघर क्यान्सर भएकी श्रीमतीलाई बचाउन राती ३ बजेदेखि भारी बोक्छन् दिलबहादुर …

प्युठान जिल्ला गौमुखी गाँउपालिका वडा नं ३ बस्ने ३९ वर्षिया अम्मी सुनार पाठेघरको मुखको क्यान्सरका कारण थलिएको एक वर्ष भइसक्यो । तर उपचारका लागि आर्थिक अभाव भएको भन्दै उनले सहयोगको याचना गरेकी छिन् ।

गाउँमा सानो झुपडी र पाखो वारी मात्र छ, बिरामी भएयता त्यही जग्गा बेच्न खोजेको थिएँ, कसैले किन्न मान्दैनन् अम्मीका श्रीमान दिल बहादुर सुनारले दु:ख पोखेका छन् ।

श्रीमतीको उपचारका लागि काठमाडौँ आएको एक वर्ष हुन थाल्यो । एक वर्षसम्म अस्पतालमा निकै खर्च भयो । गाउँमा खेतिपाती गरेर जिविकोपार्जन गर्दै आएका दिलबहादुर यतिबेला श्रीमतीको उपचारका लागि राजधानीमा छन् ।

उता ८२ वर्षिया बृद्ध आमाको स्याहार गर्ने कोही छैन, यता रोगी श्रीमती पनि सम्हाल्नु पर्यो ।आफुु निकै संकटबाट गुज्रिएको उनले बताएका छन् । उता घर कसले सम्हाल्यो होला, केटा–केटीले के खाए होलान उनले पीडा सुनाएका छन् ।

श्रीमतीको उपचारका लागि पैसा जुटाउन नसके पछि दिल बहादुरले कालीमाटी तरकारी बजारमा राती तीन वजेदेखि भारी बोकेर पैसाको जोहो गरिरहेका छन् । भारी बाेकेको पैसाले कोठा भाडा तिर्न मात्र ठिक्क हुन्छ, उपचार के ले गर्ने ? दिल बहादुरले निधारको पसिना पुछ्दै आफ्नो बिवशता सुनाएका छन् ।

रोग पहिचान भए यता कम्तीमा ८ लाख रुपैँया रकम खर्च भएको उनले बताएका छन् । अहिलेसम्म ऋणको भरमा उपचार भइरहेको छ, अब त रिण पनि कसैले दिँदैनन्, बाँकी ऋण पनि कसरी तिर्ने उनले दु*खेसो पोखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार