कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीले बनाए पेट्रोलबिनै चल्ने मोटरसाइकल

बागलुङ । चिल्ड्रेन लाइफ इंलिस बोर्डिङ स्कुलमा अध्ययनरत गणेश श्रेष्ठले ब्याट्रीबाट चलाउन सकिने मोटरसाइकल बनाएका छन् । उनले पुरानो मोटरसाइकलका विभिन्न पार्ट जोडेर बनाएको सवारी साधनलाई ‘इलेक्ट्रिक बाइक’ नाम दिएका छन् ।

बागलुङ नगरपालिका २ अदालत रोडका श्रेष्ठ कक्षा ९ मा अध्ययनरत छन् । उनले ४८ भोल्टको मोटर, ४ वटा लिड एसिड ब्याट्री, एउटा १२ भोल्टको ब्याट्री, २० एम्पियरको फ्युज, १ पिस कन्ट्रोलर, १ एक्सीलेरेटर र बाइकको पुरानो फ्रेम प्रयोग गरेका छन् । लामो समयदेखि युट्यूबमा हेर्ने गरेको र अहिले अथक अभ्यासपछि पेट्रोलबिनै चलाउन सकिने इलेक्ट्रिक बाइक निर्माण गरेको उनी बताउँछन् । गत साउनदेखि सुरु गरेको इलेक्ट्रिक बाइक बनाउने काम अहिले बल्ल सकिएको उनको भनाइ छ ।

‘धेरैपटक विफल भए तर मनमा सक्छु भन्ने एक किसिमको अठोट र विश्वास थियो’, गणेशले भने, ‘अन्ततः म प्रयास, सोच र योजनामा सफल भएको छु ।’ उनले निर्माण गरेको इलेक्ट्रिक बाइकको विद्यालय परिसरमा सयौं अभिभावक र विद्यार्थीका बीच गुडाएरै परीक्षण र प्रर्दशनीसमेत गरिएको थियो । याे खबर अन्नपूर्ण पाेस्टमा छ।

यो पनि पढ्नुहोस
दाङ : दाङ निर्वाचन क्षेत्र नं ३ (ख) मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ। मंसिर १४ गते हुने उपचुनावमा दाङका क्रियाशील दल नतिजा पक्षमा पार्न सक्रिय छन्। चुनावमा सत्तारुढ नेकपा र प्रतिपक्ष कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।

नेपाली कांग्रेस र नेकपाले उपनिर्वाचनलाई पार्टीको अस्तित्वसँग दाँजेका छन्। २०७४ सालको निर्वाचनमा नेकपाले जितेको निर्वाचन क्षेत्र भएकाले नेकपा त्यो जितलाई यथावत राख्ने दाउमा छ भने कांग्रेस ७० सालको जीत फर्काउने कसरतमा छ। उपनिर्वाचनमा सरकारका कमजोरीलाई मतदातासम्म पुर्‍याएर मत तान्ने योजनामा कांग्रेस छ। उम्मेदवार आ–आफ्नो रणनीतिअनुसार चुनावी प्रचारमा छन्। दलले चुनाव लक्षित भेला, सभा, बैठक, छलफल र अगुवासँगको भेटघाट भने सुरु गरिसकेका छन्।

चुनाव नजिकिँदै गर्दा स्थानीयमा हुने चिया गफदेखि छलफल र अन्तक्र्रियामा समेत चुनावी बहस भइरहेका छन्। नतिजा पक्षमा पार्न दलले केन्द्रीय नेतालाई समेत यस क्षेत्रमा औपचारिक रूपमै सहभागी गराउन थालेका छन्। तत्कालीन एमालेबाट निर्वाचित सांसद उत्तरकुमार ओलीको सडक दुर्घटनामा परी निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन थालेको हो। ओलीकी पत्नी विमलालाई नेकपाले उम्मेद्वार बनाएको हो। कांग्रेसले पुराना नेता केशवराज आचार्यलाई उम्मेद्वार बनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार