भूकम्पले भत्काएको धरहरा यसरी बन्दै..

काठमाडौं । भूकम्पले भत्काएको धरहराको पुनर्निर्माणले तीव्रता पाएको छ। शिलान्यास भएको ११ महिनामा ३२ प्रतिशत पुनर्निर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सन् २०२० अक्टुबरसम्म धरहरा हस्तान्तरण गर्ने लक्ष्य छ।

अबको १५ दिनमा धरहराको एक तला ढलान गर्ने प्राधिकरणको लक्ष्य छ। अहिले हुलाकको घर भत्काएर ३ तला अन्डरग्राउन्ड निर्माण भइरहेको छ। अब बन्ने धरहरा भूकम्प प्रतिरोधी हुने उनले बताए।

प्राधिकरणका सम्पदाविद् राजु मानन्धर धरहरा पुनर्निर्माण एक वर्षमा सकिने बताउँछन्। उनका अनुसार अब बन्ने धरहरा २२ तले हुनेछ, जुन २४५ फिट अग्लो हुनेछ।समाचार नागरिक दैनिकले लेखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार