नेपाल आएका ‘कसौटी’का अनुरागले नेपाली महिलासँगको फोटो पोस्ट गर्दै नेपालीमै के यस्तो लेखे…

काठमाडौं। चर्चित भारतीय सिरियल ‘कसौटी जिन्दगी की’का अनुराग अर्थात पार्थ समथान अहिले नेपालमा छन् । उनी विदा मनाउन नेपाल आएका हुन् । उनले सामाजिक संजालमा आफ्नो साहसिक यात्राका तस्वीर र भिडियो शेयर गरेका छन् । पोखरा आएर स्काइ डाइभिङ गरिरहेका पार्थको अनुहारमा त्यसको रोमाञ्च झल्किरहेको छ ।

पार्थले आफ्नो इन्स्टाग्राममा त्यहाँकी एक स्थानीय महिलासँगको फोटो पनि शेयर गरेका छन् । उनले फोटो शेयर गर्दै नेपालीमै ‘नेपाल तपाइँ सुन्दर हुनुहुन्छ’ भनेर लेखेका छन् । पार्थले नेपाल आएर ट्रेकिङ र एडभेन्चरसँगै यहाँको रात्रीजीवनको पनि मजा लिइरहेका छन् ।

यो पनि पढ्नुहोस
काठमाण्डाै – क्याम्पस प्रमुखलाई कुटपिट गरि घाइते बनाएको विरोधमा काठमाण्डौको त्रिचन्द्र क्याम्पस मंगलबार बन्द हुने भएको छ ।

घटनाको विरोधमा मंगलबार क्याम्पसमा पठनपाठन बन्द हुनुका साथै कलेजमा सञ्चालन भइरहेको प्रयोगात्मक परीक्षा पनि मंगलबार एक दिन नहुने क्याम्पस प्रशासनले जनाएको हो ।

सोमबार त्रिचन्द्र क्याम्पसका प्रमुख प्राध्यापक प्रदीपबहादुर न्यौपानेलाई विद्यार्थीले कुटपिट गरेर घाइते बनाएका थिए । उहाँको ट्रमा सेण्टरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार