यी महान आमालाई सलाम, एकातिर छोरालाई सम्झाउँदै, अर्कोतिर बुहारीलाई पढाउँदै (भिडियो)

काठमान्डू,
बर्दियाको मधुवनकी उषा लिम्बू २०६९ सालमा कक्षा १० मा पढ्दै हुनुहुन्थ्यो । त्यतिबेला बाँकेका रविन बुढाथोकी मधुवनको कर्णाली विकास बैंकमा काम गर्न पुग्नुभयो । विद्यालय आउनेजाने क्रममा उषालाई देखेपछि रविनले मन पराउनुभयो । यो कुरा उषालाई थाहै थिएन । रविनले योे कुरा उषाको घरमै आएर आमालाई भनिसक्नुभएको थियो । आमाले सानै उमेरमा बिहे गर्न हुँदैन भन्दा पनि रविनले मान्नुभएन । उषाको बिहे गर्ने उमेर नपुगेकाले रबिनकी आमा खिमा बुढाथोकीले पनि बिहे नगर्न सुझाव दिनुभयो ।

आफूले सानै उमेरमा बिहे गर्दा निकै समस्या भोग्नुपरेकाले आफ्नै जस्तो दुःख उषाले नभोगुन् भन्दै उषाको माइतीमै पुगेर सम्झाउनुभयो, रविनकी आमा खिमा बुढाथोकीले । खिमाले छोरा र उषा दुवैलाई सम्झाइबुझाइ गरेको तीन दिनपछि २०६९ साल मंसिरमै रविनले उषालाई भगाएर बिहे गर्नुभयो । एसएलसीको परीक्षा दिएर बिहे गरेकी उषालाई बिहे गरेपछि सम्बन्ध टिकाउन गाह्रो भयो । रविन भएको जागिर छोडेर घरमै बस्न थाल्नुभयो । बिहेपछि उषाको जिम्मेवारी थपियो । बच्चा जन्मियो । पढाइ दुई वर्ष रोकियो । सासुकै सल्लाह र सहयोगले उषाले पढाइलाई निरन्तरता दिनुभयो ।

सासू खिमाले बुहारी उषालाई पढाउन बाँकेको नेपालगञ्जमै पढ्न र बस्न बन्दोबस्त मिलाउनुभयो । श्रीमती नेपालगञ्ज र श्रीमान घरमै बस्दा उषा र रविनको दिनहुँ झगडा पर्न थाल्यो । छोरा बुहारीको सम्बन्ध टिकाउन खिमाले पुलको काम गर्नुपर्‍यो । एकातिर छोरालाई सम्झाउने, अर्कोतिर बुहारीलाई पढाउने । खिमाको आफ्नै पनि सानै उमेरमा बिहे भएकोले त्यो उमेरमा बुहारी बन्दाकोे समस्या कस्तो हुन्छ भन्ने थाहा थियो ।

आफूले जस्तो दुःख बुहारीले नपाउन भन्दै खिमाले उषालाई सहयोग गरिरहनु भयो । उषासँग अहिले ४ वर्षको छोरा पनि छ । बिहे गरेको ४ वर्षसम्म शिक्षण पेशा गरेकी उषा अहिले महिला र बालिका विरुद्ध हुने हिंसा अन्त्यका लागि अभियानमा सहजकर्ताको रुपमा काम गरिरहनु भएको छ । बाँकेको डुडुवा गाउँपालिका वडानम्बर ५ मा रहेको लालीगुँरास सामुदायिक छलफल केन्द्र र वडानम्बर ४ मा रहेको सगरमाथा सामुदायिक छलफल केन्द्र गरी दुई वटा सामुदायिक छलफल केन्द्रमा सहजकर्ताको रुपमा बाल विवाह तथा महिला हिँसा अन्त्य गर्ने काममा समुदायका महिला र किशोरीलाई सम्झाइरहनु भएको छ ।

यो पनि पढ्नुहोस
काठमाडौंको प्रदर्शनमार्गस्थित नेपाल ल क्याम्पसले अबदेखि सीमित संख्यामा मात्रै विद्यार्थी भर्ना लिने भएको छ। गत वर्ष एलएलबी पहिलो वर्षमा विद्यार्थी संख्या अत्यधिक भएपछि यसपटक कोटा निर्धारण गरिएको हो। ल क्याम्पसले तीन सय जना विद्यार्थी मात्रै भर्ना लिने भएको छ। क्याम्पसले सोमबार सूचना निकालेर डिन कार्यालयको पत्रअनुसार तीन सय जना मात्रै भर्ना लिने उल्लेख गरेको छ।

तीन वर्षे एलएलबी पढ्न भर्ना हुनका लागि पनि प्रवेश परीक्षा पास गर्नुपर्ने नियम बनाइएको छ। ‘शैक्षिक सत्र २०७५/०७६ को एलएलबी पहिलो वर्षमा भर्ना हुन चाहने विद्यार्थीले मंसिर १० (मंगलबार) देखि मंसिर २५ गतेसम्म क्याम्पसले उपलब्ध गराएको आवेदन फारम भरिसक्नुपर्नेछ,’ क्याम्पसले निकालेको सूचनामा भनिएको छ।

फारम क्याम्पस परिसरमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेभित्र भर्न सकिनेछ। यसअघि क्याम्पसले गत चैत २८ मा निकालेको सूचनाअनुसार फारम भरिसकेकाहरूले पुन: फारम भर्न नपर्ने क्याम्पसले जनाएको छ। प्रवेश परीक्षा कहिले गर्ने अहिले तोकिसकिएको छैन।

गत वर्ष नै ल क्याम्पसमा कोटा निर्धारण गरिए पनि लागू भएको थिएन। आठ सय जना विद्यार्थी भर्ना लिन प्रवेश परीक्षा लिए पनि विद्यार्थी संगठनहरूले उत्तरपुस्तिका नै च्यातिदिएपछि प्रवेश परीक्षाविनै भर्ना लिइएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार