एजेन्सी,
विवाह र जागिरको लोभ देखाएर भारत लगिएका धेरै महिलालाई नयाँ दिल्लीको यौ न कोठीमा पुर्याइन्छ । अनि शुरु हुन्छ उनीहरूको नारकीय जीवन । बुटवलकी सरिता श्रेष्ठले तीन वर्षदेखि कहालीलाग्दो जीवन विताइरहेकी छन् । राम्रो आम्दानी हुने जागिरका लागि दलालको भर परेर पैसा कमाउन उनी भारत छिरेकी थिइन् । दलालले यौ न व्यवसायमा लगाएपछि मात्रै उनले आफू बेचिएको थाहा पाईन् ।
उनले घर फर्काई दिन आग्रह गरिन् । कोठी मालिकले आफूले किनेको हुनाले फिर्ता पठाउन नसक्ने भनेर ध म्क्याइन । त्यसपछि ग्राहक खुसी पारेर बस्नु उनको बाध्यता छ । २ वर्षसम्म बन्दक बनाएर यौ न शो षणमा परेपछि उनी अहिले बाध्य भएर चुपचाप यो पेशा अगालेर बसिरहेकी छन् । अहिले उनी पुरानो दिल्लीको दिल्ली रेलवे स्टेशन नजिकमा रहेको ‘जीवि रोडमा’ (यौ न व्यवसाय हुने ठाँउ) मा छन् । उनी ६४ नम्बरको माथिल्लो तलामा छन् । बन्द कोठामा सजिएर बस्ने र त्याँहा आउने पुरूषलाई ‘सन्तुष्टी पार्नु’ उनको नियमित काम हो ।
दिपक गुरुङ नाम बताउने पुरुषले आफूलाई दिल्ली पुर्याएको बताउँछिन् सरिता । सुरुका दिनमा ‘दैनिक पि ट्ने, खाना समेत नदिने गरिन्थ्यो । तर पनि रात—दिन यौ न क्रियाकलापमा सामले हुनुपथ्र्यो । इच्छा विपरित २ वर्षसम्म पीडा सहि सकेपछि अहिले यो पेशा स्वीकार्न उनलाई सजिलो भएको छ । दिनमा धेरै पुरुषसँग सुत्नुपर्छ । एक पटक यौ न स म्पर्क गरेको चार सय भारतीय रुपैयाँ मालिकले लिने र त्यसको २० प्रतिशत रकम आफूले पाउने सहमति छ ।
पाचँथरकी विना मगरको पीडा पनि सरिताको भन्दा कम छैन । ४ वर्षदेखि उक्त कोठीमा यौ न शो षणमा परेकी विना विवाह गर्छु भन्दै चिनजानका केटाले कोठीसम्म ल्याइ पुर्याएको बताउँछिन् । बेचिएको भन्ने कुरा घरमा सबैले थाहा पाएकाले अब नेपाल नर्फकने बताउछिन् विना । नेपाल फर्कदाँ झन् अपमान सहनुपर्ने भएकाले अब जेजस्तो भएपनि यही सहेर बस्ने विचारमा छन् उनी ।
रोजगारी पाउने प्रलोभनमा भारत पुगेकी रमा मगर गरिब भएर जन्मेपछि यस्तो समस्या भोग्नु परेको बताउँछिन् । रमाका भनाइमा, सुरुका केही महिना ब न्दक बनाएर या तना दिएपनि यौ न सेवा दिने काममा समर्थन जनाएपछि उनलाई कोठीमा ल्याएर राखिएको थियो । कसैले उद्धार गरे नेपाल फर्कन चाहने रमा बन्द कोठमा कैदीभन्दा पनि क ष्टकर जीवन बाँच्नु परेको बताउँछिन् ।
भारतका विभिन्न कोठीमा रहेका धेरै नेपाली महिलाले उद्धार गरेमा आफूहरू घर फर्कने बताउँछ । काठमाडौं र पोखराका डान्सवारमा पहिला काम गरेका युवती पनि त्यहाँ आउने ग्राहकको प्रलोभनमा परेर बेचिएका छन् । नेपालका डान्सवारमा पाँच हजारमा काम गर्ने किशोरीहरू दिल्लीमा २० हजार भारतीय रुपैयाँ पाउने प्रलोभनमा परेर भारतका कोठीमा बेचिन पुगेका छन् ।
जेबी रोडको दृश्य बिचित्रको थियो । बाटोमा हिँडिरहेको पुरुषलाई भारतीय दलाल महिलाले हिन्दी भाषामा यता आउ भाई (इधर आ भाइसाव) भनेर बोलाउने गरेको सुनिन्छ । रोडमै दलाल महिला पुग्ने र नेपालीलाई लुट्ने समेत गरेको नजिकै चौकिदारी गरिरहेका धन चदाराले वताए ।
दिल्लीमा रहेको यो यौ न कोठी बैधानिक छ । जिवी रोडमा मात्रै १० वटा कोठी छन् । एउटा कोठीमा ५ वटा तला रहेका छन् । ६४ र ५८ नम्वर कोठीमा धेरै नेपाली युवती छन् । दुवैमा गरेर करिब ५ सय भन्दा बढि नेपाली रहेको वताउँछन् । उनीहरू १६ वर्षदेखि ३० वर्ष सम्मको उमेरका छन् । नजिक रहेको कमला बजारमा ४ वर्षदेखि चौकिदार गरिरहेका अम्म नेपालीको भनाइमा, ‘यी नेपाली महिलाले एक जनासँग यौ न सम्पर्क गरेको २ सयदेखि ४ सय भारतीय रुैपयाँ लिने गर्छन् । एक रातको भने २ देखि ३ हजार भारतीय रुपैयाँ लिने गर्छन् । ’
विवाह गर्ने र जागिर लगाइदिने बाहानामा यहाँ ल्याइ पु¥याईएका धेरै किशोरी सुरुका दुई—तीन वर्ष ब न्धक बनाईन्छन् । बन्धकबाट केही खुल्ला गराए पनि समाजमा अपहेलित हुने डरले उनीहरू फर्कन नसक्ने अवस्थामा पुग्छन् । सबै भन्दा धेरै बुटवलको सुनौली, विराटनगरको जोगवनी, बिरगञ्जको रक्सौलबाट भारत पु¥याउने गरिन्छ । महेन्द्रनगरको गड्डाचौकी, नेपालगञ्जको रुपडिया, धनगढीको गौरिफन्टा, इलामको पशुपति नगरबाट पनि युवती भारतमा लैजाने गरेको पाईएको छ ।
२ हजार भन्दा बढि यौ न व्यवसायी महिला रहेको उक्त कोठीको काउन्टरमा समेत नेपाली कामदार छन् । केही बोले आफूमाथी प्रहार हुने डरले केही बोल्न नसकेको कोठीको काउन्टरमा काम गर्ने एक नेपाली महिलाले वताइन ।
यो पनि पढ्नुहोस
काठमाडौं । ‘जात फाल्नु गहतको झोलमा’ भनेर उखानले व्यंग्य गरे पनि गहत कम्ती पोषक र गुणकारी खाद्य पदार्थ होइन । गहतको दाल नियमित सेवन गर्न सके, विशेषत: जाडो याममा, यसले औषधिले भन्दा पनि चामत्कारिक फाइदा पुर्याउँछ । गहत (कुथली/कुर्थी) पोषणका दृष्टिले निकै महत्त्वपूर्ण दाल हो । यसको वैज्ञानिक नाम ‘मेक्रोटाइलोमा युनी फ्लोरम’ हो ।
गहतमा अरू दालमा भन्दा रेसा (फाइबर) बढी पाइन्छ । त्यसैले यो सजिलै पच्छ । न्यानो प्रकृतिको मानिने गहत रातो, सेतो र कालो गरी तीन प्रकारको हुन्छ । यसबाट दालबाहेक रोटी पनि पकाउने गरिन्छ । २२ प्रतिशतजति प्रोटिन पाइने गहत क्याल्सियम र फोस्फोरसको मुख्य स्रोत हो । लौह तत्त्व र भिटामिन ए पनि यसमा हुन्छ । यसको बीउमा प्रोटिन र कार्बोहाइड्रेट विशेष मात्रामा हुन्छ । यसमा युरिएजसमेत पाइन्छ ।
जाडोमा गहत नियमित रूपमा खाने गरे चिसोले छुँदैन भन्ने आममान्यता छ । धेरै समयसम्म निरन्तर यो दाल सेवन गर्दा पत्थरी आफैँ निको हुने पनि बताइन्छ । आयुर्वेदमा यो दाललाई मूत्रसम्बन्धी विकार र पत्थरी रोग हटाउन विशेष उपयोगी मानिएको छ । पत्थरीलाई फुटाएर मूत्रनलीबाट बाहिर निकाल्नका लागि गहत प्रसिद्घ महौषधि पनि हो । तर, यसको प्रयोग उचित मात्रा र युक्तिपूर्वक गर्नुपर्छ ।
यसको बढी मात्रामा सेवनले अम्लपित्तको स्थिति उत्पन्न हुनेसमेत भनिन्छ । आयुर्वेदका अनुसार पिसावमा रोकावट हुनु, ज्वरोको कारण पिसाबमा कमी वा पोल्नु आदि व्याधि हटाउन यो उत्तम प्रयोग हो । यसको उपयोगले रोकिएको पिसाब खुलेर आउँछ । यसले पित्त र रगतको दोषलाई समेत निको पार्छ । यसले पोल्ने, गर्मी र पसिनालाई रोक्छ । वात ज्वर, श्वेतप्रद र मोटोपना हटाउनसमेत गहत उपयोगी मानिन्छ । यस्तै, प्रसवपछि गर्भाशयको शोधमा समेत यसको सेवन लाभकारी मानिन्छ ।
यसले नेत्र रोग र पाइल्सलाई समेत निको गर्छ । वीर्य दोषसमेत निको पार्ने क्षमता भएको गहत सास, खोकी पेटको रोग, मुटुको रोग, टाउको दुखाइ आदिमा लाभप्रद मानिन्छ ।