काठमाडौं / सारङ्गी बाधक, गायक तथा गीतकार हेमन्त कान्छा रसाइलीको नयाँ गीत बजारमा सार्वजनिक भएको छ । सांगीतिक बजारमा केही नयाँ कुरा पस्कौ, लोप हुँदै गएको मौलिक सृजनाहरुलाई जोगाउनु पर्छ भन्ने सोच र भावना लिइ अगाडि बढेका हेमन्त कान्छाले फरक-फरक प्रस्तुतिमा नयाँ गीत सृजना गर्दै गाउने गर्छन् ।
यसपटक पनि उनै गायक हेमन्त कान्छाले निकैनै मर्मस्पर्शी माया प्रेमको भावनाले ओतप्रोत “आकाशै ज्यानको” बोलको गीत लिएर आएका छन् ।
गीतकार डी.पी. खनालको उत्कृष्ट शब्द संयोजन, हेमन्त कान्छा रसाइलीको स्वर र संगीतमा तयार भएको यस गीतलाई केही समयअगाडि हेमन्त कान्छा रसाइली नामक अफिसियल युट्युब च्यानलबाट बजारमा आएको हो ।
गीतको भिडियोलाई निकै नै मेहनतका साथ खिचेका छन्, रमणीय सुन्दर बाताबरण, खोलानाला झरनाको दृश्यमा कलाकारहरु देवेन्द्र बब्लु, सोनाम मगर, बिशाल घिमिरे र हेमन्त कान्छाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
अनिल मानन्धरले निर्देशन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।