काठमाडौँ । अनार दाना वा जुस पिउनु स्वास्थ्यको लागी एकदमै फाइदाजनक हुन्छ । अनारमा भरपूर मात्रामा भिटामिन ए , भिटामिन सि , भिटामिन के ,फाइबर ,फोलिन एसिड ,एन्टीअक्सिडेन्ड पाइन्छ ।
तपाईलाई थाहा छ , अनार स्वास्थ्यको लागी मात्रै होइन् , सौन्र्दयको लागी पनि लाभदायक छ । एक अध्ययनको अनुसार यदि शरिरमा यौन शक्तिको कमी भएमा नियमित अनारको जुस बनाएर पिएमा इच्छामा बृद्धि गराउँछ । यी बाहेक पनि अनार खानुको यस्तो छ फाइदाहरु
१. अनारको जुस नियमित खाएमा मधुमेहबाट बच्न सकिन्छ ।
२. अनारको जुसले ह्रदय रोगजस्तो घातक रोगबाट बचाउन मदत गर्छ ।
३. नियमित अनारको जुस खाएमा क्यान्सर हुने खतरा कम हुन्छ ।
४.गर्भवती महिलाको लागी पनि अनारको जुस पिउनु लाभदायक हुन्छ ।
५. अनारको जुस खानाले पाचन प्रणालीमा सुधार ल्याउनुका साथै स्मरण शक्ति समेत बढाउँछ ।
६.अनारले अनुहारको कालो धब्बा र डार्क सर्कल हटाएर सुन्दर बनाउन मदत गर्दछ ।
तर विचार गर्नुस , औषधी सेवन गरिरहेको मानिसहरुले डक्टरको सल्लाह अनुसार मात्र अनार खानुपर्छ ।