पछिल्लो समय आफुमा भगवानको शक्ति भएको र भविष्य बताउन सक्ने भन्दै युट्युवमा भाइरल हुनेहरुको संख्या बढेको छ । आफुलाई भगवानले कृपा गरेका कारण मानिसको भविष्य बताउन सक्ने दावी गर्दै आएका त्यस्ता ब्यक्तिलाई युट्युव च्यानलहरुले भाइरल बनाइरहेका छन् ।
युट्युव च्यानल मार्फत सामाजिक सञ्जालमा छाएर आफ्नो मनोकांक्षा पुरा गर्न चाहनेहरुको भिड बढेको छ । जसका कारण सर्वसाधारण ठगीन थालेका छन् ।त्यस्ता युट्युव च्यानलमा आएकाहरुको कुरा विश्वास गरेर जाने सर्वसाधारण ठगीमा पर्ने गरेका हुन् । यस्तै आफुलाई भविष्य बताउन सक्ने दावी गर्ने एक महिलाला प्रहरीको फन्दामा परेकी छन् ।
एक जना महिलालाई २० हजार रुपैया खर्च गरेर आफुले भने बमोजिम नगरे २० दिनमै मृ त्यु हुने दावी गरेपछि उनी विवादमा आएकी हुन् । तिम्रो आफ्नो परिवार भित्रकै मानिसले तिमीलाई बाँ च्न दिएको छैन भन्दै ति माताले एक महिलालाई भनेकी थिइन् ।
एउटा केटा मान्छे र एउटा केटी मान्छे भएर तिमीलाई दुख दिएको छ । २० हजार रुपैया चाहिन्छ म निको बनाईदिन्छु भने पछि ति महिलाले विश्वास गरेकी थिइन् । ति महिलाले आफ्नो एक्लो छोरालाई पढाउने खर्च समेत जुटाउन सकेकी थिइनन् ।
यस्तो अवस्थामा माताले २० हजार रुपैया उपचार गर्न लाग्ने बताएपछि ति महिला निकै दुख भइन् । तनहुँ की ति महिलालाई ति माताले औषधी उपचार नगरे तँ म र्दैछस भनेपछि उनले एक युट्युव च्यानललाई गुहारिन् ।
छोरालाई पढाउन समेत नसकेको अवस्थामा माताले त्यस्तो भनेपछि उनले सहयोगका लागि अरुलाई गुहारेकी हुन् । तनहुँवाट उनी विहानै छोरालाई समेत लिएर आएकी उनले भिडियोवाट नै ति मातालाई देखेको बताइन् । उनलाई ति माताको नाम समेत थाहा छैन ।