काठमाडौँ / कोरियामा एक नेपालिको ज्या-न भएको छ । ज्यान जानेमा अमिन राई रहेका छन् । धन कमाउने सपना बोकेर कोरिया गएका भोजपुर टेम्केमैयुङ गाउँपालिका – १ का अमिन राईको कामको शिलसिलामा बेहोस भएर ज्यान गएको हो ।
सन्दर्भ : चलचित्र “माया पिरिम” को गीतमा सलोन बस्नेत सँग अभिनय गरेपछि, उक्त गीत र चलचित्रको प्रमोसनको लागि केही युट्युव च्यानलमा अन्तर्वार्ता दिने क्रममा सवालको जवाफ सहि नदिएको भन्दै अञ्जली ट्रोलको सिकार बन्न पुगेकी हुन् ।
बोलमाया गीतमा जीवन्त अभिनय गरेर सबैको मनमा बसेकी अञ्जलि त्यसपछि “गलबन्दी” बोलको गीतले झन उनिलाई धेरै दर्शक सामु परिचित गराएको थियो , लोक दोहोरी गीतमै सबैभन्दा रुचाइएको गीतहरु मध्य अञ्जलि अभिनित बोल माया, र गलबन्दी पनि पर्दछ ।
सामाजिक सञ्जालमा अञ्जलीले दिएको अन्तर्वार्ताको भिडियो जताततै छरपस्ट हुन थालेपछि उनले फेसबुक मार्फत प्रतिक्रिया समेत दिएकी छिन् ।
अञ्जलि लेख्छिन् :
बोल्दा बोल्दै प्रश्न नबुझेर अर्कै उत्तर दिए मैले के बिराए । रकेट को रफ्तारमा अंग्रेजी मिसिएको प्रश्न थियो म गाउंमा जन्मिएकी चेली प्रश्न नै बुझिन होला मैले के बिराए ? सुनेको थिए गल्ती नगरी कसरी मान्छे सफल हुन्छ त्यसैले गल्ती होला कि नहोला निर्धक्क बोलिदिए मैले के बिराए ?