काठमाडौं / भनिन्छ नि भावीले लेखेको कुरा पूरा भएर छाड्छ , त्यस्तै अचम्म भएको छ दाङ जिल्लामा । हिरालाल घर्ती र निर्मला घर्तीको माहिली छोरी सर्मिला घर्ती मगर हराएको ४ बर्षपछि घर फर्किएकी छिन् ।
११ बर्षकै कलिलो उमेरमा घर परिवारबाट टाढा भएकी शर्मीला घरबाट कसरी हराइन् भन्ने उनी आफैलाई पनि थाहा नभएको बताउँछिन्’, तर; उनीलाई आफूले पाएको दु:ख र आफूले गरेको संघर्षको दिनहरर राम्रोसँग थाहा रहेछ ।
दशैको दिनमा घरबाट हराएकी शर्मिला दाङको धेरै ठाउँमा दु:ख गर्दै काठमाडौं सम्म पुगेकी रहेछिन् । समय बित्दै जाँदा उनिलाई बल्ल ममि बाबा र परिवारको यादले सताउन थालेको उनी बताउँछिन् ।
यता परिवारले धेरै खोजी गर्दापनि छोरीको पत्ता नलागेपछि छोरी फर्किन्छिन् भन्ने आश मारिसकेको थियो तर, अचानक छोरी घर आइपुग्दा बुबा ममिले एकछिन त विश्वास नगरेको शर्मिला भन्छिन् ।
घरमा गाली गर्छ होला भन्ने मनमा डरले घर सम्म पुग्न उनलाई निकै गाह्रो भएको रहेछ । बाटोभरी मनमा हजारौं कुराहरु खेलाउँदै घर पुग्दा रुवाबासी नै चलेछ तर त्यो हर्षको आँसु हुनु पर्छ ।