मलेसियामा मेसिन दुर्घ’टनामा पर्दा नेपाली दिपकको दाहिने हात काटियो..

मलेसिया- नेपालीको लागी रोजगारीको निम्ति प्रमुख गन्तव्य मलेसिया मानिन्छन् तर मलेसियामै दिनप्रतिदिन विभिन्न किसिमको दुर्घटना हुने गरेका छ्न ।

र ती दुर्घटनाहरुमा परेर कैयौं नेपालीहरुले आकालमै ज्यान गुमाउनु परिरहेको छ्न भने कैयौं अपांग भएर घर फर्किरहेका छ्न भने कतिपय नेपालीहरु त उपचारको अभावमा अस्पतालको सैयामा छ्टपटाई रहेका छ्न भने कतिपय नेपाली राजदुतावास मलेसिया र विभिन्न समाजिक संघसंस्थाहरुको सहयोग सहकार्यमा स्वदेश फर्किसकेको र फर्कीरहेको अवस्थामा छ्न ।

दुर्घटनाकै क्रममा पुनः एक नेपाली मेसिन दुर्घटनामा परेर सशक्त घाईते भएका छ्न ।मल्लाका राज्यमा अवस्थित वाई.एच.आई.  कम्पनीमा कार्यरत एक नेपाली कामदार मेसिन दुर्घटनामा परि हात काटिएर गम्भीर घाईते भएका थिए ।

नेपाल् ठेगाना बारा जिल्ला कलैया(२२ ब्रहम्पुरी घर भएका दिपक साहको सोमबार राती ११स्३० बजे कम्पनीमा काम गर्ने क्रममा नै मेसिनमा हात च्यापिएर दुर्घटना भई उनका दाहिने हात पुरै काटिएको सोही कम्पनीमा कार्यरत एक कामदारले नाम नखुलाउने सर्तमा जानकारी गराए ।

हाल घाईते साहको उपचार स्थानीय अस्पतालमा कम्पनीको सहयोग र निगरानीमा भईरहेको छ । अस्पतालको डाक्टरको भनाई अनुसार अपरेसन उपचार सफल भएको छ तर शरीरबाट बढी रगत बगेको कारण घाईते साह लामो समय देखी बेहोसीको हालतमा रहेका थिय , अहिले होसमा आईसकेको जानकारी प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार