गायक यामजी बि.सी.को “छोडी जाने मायालाई” सार्वजनिक- (भिडियो सहित)

काठ्माडौं,यतिबेला सांगीतिक बजारको माहोल तातीदै गइरहेको छ। एकपछी अर्को मौलिक सृजनाहरु आउने क्रम जारी नै छ। यसै क्रममा गायक यामजी बि.सी. को निकै मर्मस्पर्शी लोक दोहोरी गीत “छाडी जाने मायालाई” रोमान्स नेपालको आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ।

बिगतको समयदेखि नै चर्चामा रहनु भएको चर्चित गायिका देवि घर्ती मगर र यामजी बि.सि.को स्वर रहेको उक्त गीतमा स्वयं गायक यामजी बि.सि. कै शब्द,लय रहेको छ भने लेकबेशी डिजिटल म्युजिक प्रा.लि. ले बजार व्यवस्थापन गरेको छ।

गीत,संगीतको भिडमा उदाउदै गरेका नव प्रतिभा सन्ध्या श्रेष्ठ र गणेश गुरुङको उत्कृष्ट अभिनय रहेको म्युजिक भिडियोको छायांकन राम के.सि. ले गरेका छन भने दृश्य निर्माण साथै निर्देशन सार्प भिजनको रहेको भिडियोलाई जोन राइले सम्पादन गरेका हुन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार