अर्घाखाँची बस दु’र्घटना अपडेट:१० जनाको मृ’त्यु

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १० जनाको घट’नास्थलमै ज्या’न गएकोे छ ।

सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दु’र्घटना भएको हो । घट’नास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले उ’द्धार गरिरहेका छ ।

दु’र्घटनामा परि १० जनाको ज्या’न गएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिनुभयो । घा’इते सात जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो ।

बस सडकबाट झण्डै तीन सय मिटर तल ख’सेको छ । दुर्घ’टनामा ज्य’ान गुमाउनेहरुकाे सनाखत हुन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । घट’नाका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार