बस दुर्घटना अपडेट:१५ जनाको मृ’त्यु आफन्तहरुको रुवाबासी !(हेर्नुहोस तस्विर)

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दु’र्घटनामा १० जनाको घटना’स्थलमै र ५ जनाको हस्पिटलमा उपचार गर्दै गर्दा नि’धन भएको छ ।

सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु२ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घ’टना भएको हो । दुर्घट’नास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन् ।

अहिलेसम्म १० जनाको घट’नास्थलमै र अन्यको उपचारको कराममा नि’धन भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिनुभयो ।

घट’नाका बारेमा विस्तृत विवरण आउन बाँकी छ । घाइते सात जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो । घाइतेको उद्धार जारी रहेको छ । बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार