एपेन्डिसाइटिसको अप्रेशनकाबीच प्रधानमन्त्री ओलीको पाँचौंपटक डायलासिस गरियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पाँचौँ पटक डायलासिस गरिएको छ । मंगलबार एपेन्डिसाइटिसको अप्रेशन गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार साँझ पाँचौँ डायलसिस गरिएको हो । एपेन्डिसाइटिसको अप्रशनपछि अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएले मृगौलाको डायलासिस गरिएकाे उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । सोमबार राति अत्याधिक पेट दुखेसँगै पखाला लागेपछि मंगलबार बिहान महााजगञ्जस्थित मनमोहन कार्डियोथोरासिकमा उनलाई भर्ना गरिएको थियाे । त्यसकाे केहि समयमै उनलाइ एपेन्डिसाइटिस भएको डाक्टरहरुले पत्तो लागाएछि आकस्मिक अप्रेशन गरिएको थियो ।

यसअघि प्रधानमन्त्री ओलीको धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा कात्तिक १३ गते , १४ गते, ३० गते र मंसिर ८ गते डायलासिस गरिएको थियो । करिब १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका उनको मिर्गौलामा छिटोछिटो समस्या देखिएपछि नियमित डायलासिस गराउँदै आएका छन्। अहिले ओलीलाइ सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको अस्पतालले निकालेको बिज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री ओलीलाई कसैसँग भेटघाट गर्न दिईएको छैन् ।

बुधबार बिहान ओलीलाई भेट्न अस्पताल पुगेका प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत भेट गर्न दिइएको थिएन । देउवाले चिकित्सकहरु र ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई मात्रै भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । अहिले प्रधानमन्त्री ओलीलाइ चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा आईसीयूमै राखिएको छ ।

यो पनि पढ्नुहोस
भक्तपुर- नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले काँग्रेसले नेकपा नेतृत्व दुई तिहाइ सरकारको मूल्यांकनका रूपमा उपनिर्वाचनलाई लिएको बताएका छन् ।

यही मंसिर १४ गते हुने भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ (क) को उपनिर्वाचनको संघारमा आज नेपाली काँग्रेसले चाँगुनारायण नगरपालिकाको लप्टन डाँडामा आयोजना गरेको अन्तिम चुनावीसभामा उनले सरकारबाट जनता निराश भएको भन्दै निराश जनताले काँग्रेसलाई फेरि रोज्ने बेला आएको दाबी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार