केहि समय अघि मात्र ६७ बर्षिय बृद्धसंग बिबाह गरेकी २१ बर्षिय युवती धुरुधुरु रुँदै मिडियामा आउनुको कारण यस्तो पो रहेछ, (भिडियो)

काठमाडौ। पछिल्लो समय धेरै नै उमेर अन्तरका वृद्ध र युवती बिचको बिबाहले सामाजिक संजालमा तहल्का पिटिरहेको छ । जताततै उनिहरुकै चर्चा चुलिदै गएको छ । धेरैले माया प्रेममा उमेरले छेक्दैन भनेका छन भने धेरैले सम्पतिका लागी ती २१ बर्षकि युवती ६८ बर्षका वृद्धसंग बिबाह गरेर आएकी भनेका छन । बास्तबमै सबैलाई यस्तो लाग्नु स्वाभाविक नै हो । तर उनीहरुलाई गहिरिएर बुझ्दा भित्री रहस्य भने अर्कै पाइयो । सम्पतीका लागि ती युवती भन्ने लागेकालाइ पनि अचम्म लाग्ने बास्तबिकता रहेको छ ।

वृद्धका घरमा दुई छाक खान लाउन पनि पुग्ने सम्पती छैन । धेरै नै गरिबीमा परेका वृद्धले आफ्ना नाती नातिनिको बिजोक देख्न नसकेर बिबाह गर्नुपर्ने बाध्यता भएको बताए । घरमा कोहि काम गर्ने नभएपछी वृद्धले नै सबै थोक गर्नुपर्ने बाध्यता थियो । साना साना नाति नातिना र वृद्ध मात्रै बस्ने घरमा बिजोक नै थियो भन्छन वृद्ध । उता युबतीको पनि पहिले नै एकजना युवकसँग बिहे भएको र उसले छाडेर गएपछी बेसाहारा भएकी युवती जसको एउटा हात नै छैन ।

हात नभएपछि कसैले बिहे नगर्ने र बिहे भएपछी पनि आफुसङ नबस्ने भएपछी उनले वृद्धसंग बिबाह गरेको बताइन । घरको अवस्था धेरै नै बि जोक रहेको छ । उनिहरुले आफुहरुलाइ सहयोग गर्न अपिल समेत गरेका छन । सहयोगका लागि ९८११३५६३७४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

यो पनि पढ्नुहोस
मंसिर १२, काठमाडौँ । पद नायब सुब्बा, कमाइ करोडौं । राजधानीको सुन्धारा र कलंकीमा घरजग्गा । सर्लाहीसहित तराईका जिल्लाहरूमा घरजग्गा र सम्पत्ति । आफ्नो कार्यालयका सहयोगीका सासूका नाममा समेत जग्गा खरिद ।

२९ वर्षअघि खरिदारका रूपमा सरकारी जागिर सुरु गरेका मदनकुमार गुप्ताको सम्पत्ति विवरण हो यो । उनले कुल १९ करोड ३६ लाख रुपैयाँ कमाएको भेटिएको छ । अख्तियारका अनुसार त्यसमध्ये ४ करोड ५४ लाख रुपैयाँ मात्रै वैध कमाइ हो । जागिर अवधिमा उनले २७ लाख ९२ हजार रुपैयाँ तलब बुझेका थिए । सर्वोच्च अदालतले ठहर गरेको मापदण्ड हेर्ने हो भने त्यो तलबबाट १९ लाख ५५ हजार रुपैयाँबाहेक एक पैसा पनि बच्दैन । १९ लाख रुपैयाँ कमाएको व्यक्तिसँग १९ औं करोड रुपैयाँ कसरी आयो ?

‘एउटा कार्यालयमा हुँदा हामीले परीक्षण गरेको आठ महिनाको अवधिमा उनले ४ करोड ५८ लाख रुपैयाँ हिनामिना गरेको देखिन्छ,’ अख्तियार स्रोतले गत जेठ ३ गते दायर गरेको भ्रष्टाचार मुद्दाबारे कान्तिपुरलाई भन्यो, ‘नक्कली रसिदप्याड छाप्ने, जग्गापास गर्नेहरूसँग नगद लिने र सरकारी खातामा नबुझाउने गरेको भेटियो । केही फाइल हेर्दै करोडौंको अनियमितता गरेको देखिन्छ, अरूमा के हाल होला ?’ ०७५ साउनदेखि फागुन १२ गतेसम्म मात्रै अख्तियारले गुप्ताको नेतृत्वमा साढे ४ करोड अनियमितता भएको भेट्टाएको थियो ।

केही महिनाअघि बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता भएको विवरण सार्वजनिक भएसँगै देशभर अतिक्रमित सरकारी जग्गाको खोजीनीति र चासो एकाएक बढ्यो । मालपोत कार्यालयका कर्मचारीका बारेमा विभिन्न निकायमा उजुरीको चाङ लाग्यो । त्यसैमध्येको हो– बाराको कलैयास्थित मालपोत कार्यालयका नासु गुप्तामाथिको उजुरी । उक्त उजुरी पछ्याउने क्रममा अख्तियारले जेठ १ गतेयता उनीविरुद्ध पाँचवटा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।

गत जेठ १ गते अख्तियारले नासु गुप्तामाथि एकैपटक दुईवटा मुद्दा दायर गर्‍यो । गुप्तासहित मालपोत अधिकृत राजराजेश्वरी त्रिवेदी, लेखापाल युगलकिशोर ठाकुर, कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापालहरू प्रवीण गौतम र कमल खतिवडा अनि लेखापरीक्षण गर्ने महालेखा परीक्षकको कार्यालयका उपसचिवस्तरका निर्देशक अजयकुमार सापकोटाविरुद्ध दायर पहिलो मुद्दामा २ करोड ५० लाख भ्रष्टाचार गरेको आरोप लगाइएको थियो । उनीहरूले ०७४ कात्तिक २० देखि ०७५ साउन २८ सम्मको अवधिमा मालपोतको राजस्व हिनामिना गरेको अख्तियारको आरोप छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार