मकवानपुर / मकवानपुरकी सुनिता घलानको पुर्वपश्चिम राजमार्गमा चिया पसल छ । उनको चिया पसलमा दिनभरी सवारी मजदुरको भिड लाग्छ । उनले चिया मात्रै बेच्दिनन् । ‘चाउचाउ, चिया अण्डा बेच्ने गरेको छु’ उनले भनिन् ।
उनका श्रीमान राजमार्गमै अटो चलाउछन् । सुनिताको ६ बर्षको छोरी पनि छन् । चिया पसल संचालन गरेरै उनले महिनामा ३५ हजार भन्दा बढी आम्दानी गर्दै आएकी छिन् । अटो चलाएर श्रीमानले पनि राम्रै आम्दानी गर्छन् ।
उनिहरुले छोरीलाई राम्रो बिद्यालयमा पढाएका छन् । विदेश गएर भन्दा नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण सुनिताले पेस गरेकी छन् । पहिला श्रीमानलाई विदेश पठाउन खोजेकी पनि हुन् । तर कारणवश उनका श्रीमान विदेश जान पाएनन् ।
श्रीमानलाई विदेश पठाउन नसकेकोमा सुनितालाई पछुुतो भने छैन । ‘विदेश गएर कमाए जति अहिले हामी बुढाबुढी मिलेर नेपालमै कमाएका छौ’ उनले भनिन्, अहिले हामी सन्तुष्ट पनि छौ ।
’ मकवानपुरको खरङ्गामा उनले चिया पसल चलाएरै सानो घर समेत बनाएकी छिन् ।