अर्घाखाँचीमा यसरी खसेको थियो खोलामा बस (भिडियो)

अर्घाखाँची – अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर – ६ घुम्ती नरपानी बिचको सडक खण्डमा सन्धिखर्क देखि बुटवलका लागि आज दिउँसो १:३० बजे छुटेको लु २ ख .२१४८ नम्बरको यात्रु बाहाक बस दुर्घटनामा परेको छ ।

उक्त बस सडक खण्ड देखि नरपानीको कालाखोलामा पाँच ५ सय मिटर तल खसेको प्रत्यक्ष दर्शी स्थानीयहरुको भनाइ रहेको छ ।बसका चालक कपिलबस्तु बिर पूर निवासी बसन्त थापा रहेका छन् ।

दुर्घटनामा अहिले सम्म १० जना पुरुष र ७ जना महिला गरि १७ जनाको घटनास्मृथलमै मृत्यु भएको खबर प्राप्त भएको छ,भने एक जना यात्रुको स्वास्थ्य चौकी ठाडामा उपचारको क्रममा मृत्यु भएको छ। यसै गरि बस धनि सन्तमणि बस्नेतको बुटवलमा उपचारको क्रममा मृत्यु भए सँगै दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको जानकारी प्राप्त भएको छ।

अन्य दर्जनौ गम्भीर घाइते यात्रु हरुलाई घटना स्थल बाट नेपाल प्रहरी र स्थानीयहरुले उद्वार गरि थप उपचारका लागि बुटवल पठाइएको घटनास्थल बाट अर्घाखाँचीबुलेटिनका प्रतिनिधि नमराज भुसालले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार