नेपाली भूमि मिचेर बनाइएका भारतीयका घरटहरा सशस्त्र प्रहरीले भत्काएर फिर्ता लियो नेपाली भुमी

धरान -नेपाली भूमि मिचेर बनाइएका भारतीयका घरटहरा भत्काइएको छ । सुनसरीको दक्षिणी क्षेत्रस्थित नेपालको भूमि अतिक्रमित गरी भारतीय नागरिकले निर्माण गरेका घर टहरा सशस्त्र प्रहरीले भत्काउँदै जमिन फिर्ता लिएको हो ।

नेपाली भूमि अतिक्रमण गरी भारतीय नागरिकले २१ घरटहरा बनाएका थिए ।भारतीय पक्षले सुनसरीका विभिन्न २० स्थानमा नेपाली भूमि अतिक्रमण गरेको ति २० नटैबाट जमिन फिर्ता लिन दैनिक सशस्त्र प्रहरी परिचालन गरिएको बताइएको छ ।

यस काममा भारतीय एसएसबीका जवानले पनि सहयोग गरेको बताइएको छ ।भारतले पटक पटक रातारात सिमा स्तम्भ सारेर नेपाली भुमी अतिक्रमण गर्दै आएको छ ।

तस्विर -अन्नपुर्ण

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार