जीवन शर्मालाई सिधा कुरा जनता सँग स्टुडियोबाट सहयोग रकम हस्तान्तरण

काठमाडौं / जनवादी गायक आदरणीय जीवन शर्माज्यूको छोराको उपचारका लागी सामाजिक अभियन्ता, चर्चित लेखिका ज्वाला संग्रौलाको  नेतृत्वमा संकलन भएको नगद रू ६०००००/- (रू.छ लाख) आज न्युज २४ को कार्यालयमा लोकप्रिय संचारकर्मी आदरणीय रवि लामिछाने र नागरिक समाजका अध्यक्ष निगम हुमागाई को हातबाट हस्तान्तरण गरिएको छ ।

आदर्शवान् व्यक्तित्व जीवन शर्मा, संचारकर्मी रवि लामीछाने र नागरिक समाजका अध्यक्ष निगम हुमागाईले आफ्नो विचार क्रमसंगै राख्नु भएको हो । ज्वाला संग्रौलाको नेतृत्वमा सुरु गरिएको अभियानका प्रमुख अभियानताहरु एचबी ताम्राकार, गिरजा गैरे , रबिन शर्मा र दिपा घिमिरे हुन् ।

बहराइनबाट कृष्ण थापाको नेतृत्वमापनि जिवन शर्माको छोराको जिवन रक्षाकालागि सहयोग रक़म पहिले नै हस्तान्तरण गरिएको थियो ।

सवै अभियानताहरुलाई रबि लामिछाने, जिवन शर्मा र निगम हुमागाई एकमुष्ट प्रशंसा गर्नु भएको छ ।क्यामेरामा सामाजिक अभियानता जेरी ताम्राकार र हिमाल उपाध्यायले सहयोग गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार