देश प्रेमी राजा बिरेन्द्रकी एक मात्र निशानी नातीनी, श्रुतीकी छोरिहरु कहाँ छन? हेर्नुहोस

राजा वीरेन्द्रका चिकित्सक समेत रहेका डा खगेन्द्रबहादुर श्रेष्ठले ०६९ जेठमा काठमाडौँमा फोटो प्रदर्शनी आयोजना गरे । प्रदर्शनीमा राजा वीरेन्द्र र शाही परिवारसँग सम्बन्धित तस्बिर थिए । डा श्रेष्ठको निम्तो स्वीकार गर्दै श्रुतिको चिनोका रूपमा रहेका दुई छोरीका साथ गोरख बबरमहलस्थित नेपाल आर्ट काउन्सिल पुगे ।

आमा श्रुतिसहित दरबार ह,त्याका,ण्डमा ज्यान गुमाएका शाही परिवारका अन्य सदस्यको तस्बिर देखेपछि गिर्वाणी भावुक बनिन्, आँसु झारिन् । उनले आँसु झार्दै गरेको तस्बिर भाइरल भयो ।

आफूले समेत देख्न नपाएका श्रुतिका तस्बिरहरू देखेपछि भावुक त गोरख पनि बने । तर, अभिभावकीय दायित्वका कारण आँसु खसालिरहेका छोरीका अघिल्तिर रूने छुट उनलाई थिएन । आँसु दबाउँदै प्रदर्शनी हलबाट बाहिरिए, गोरख ।

त्यसयता गिर्वाणी र सुरंगना सार्वजनिक रूपमा देखिएको भनेको अघिल्लो साल १९ जेठमा नारायणहिटी दरबारअगाडि आयोजना गरिएको कार्यक्रममा हो, जुन दरबार हत्याकाण्डमा ज्यान गुमाएका शाही परिवारका सदस्यहरूको सम्झनामा गरिएको थियो । भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार