नेपाली भू-भागमा भारतले अतिक्रमण गरि बनाएका घर-टहरा सशस्त्र प्रहरीले भत्कायाे

सुनसरी । भारतले अतिक्रमण गरि बनाएका घर-टहरा सशस्त्र प्रहरीले भत्काएको छ । सुनसरीको दक्षिणी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरी भारतीय नागरिकले निर्माण गरेका २१ घर–टहरालाई सशस्त्र प्रहरीले भत्काएको हो । सुनसरीको देवानगञ्ज गाउँपालिकाका २० स्थानमा भारतीयले नेपालमा घर टहरा बनाएका थिए । देवानगन्ज गाउँपालिका र भारत, बिहार राज्यको अररिया जिल्लाको सोनापुरको बीचमा पर्ने १८६ नम्बर मुख्य सीमास्तम्भ छेउमा भारतीय नागरिकले टहरा निर्माण गरेका थिए ।

घर–टहरा भत्काइ अतिक्रमण गरिएको नेपाली भूमि खाली गरिएको सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीले जनाएको छ । भारतीय नागरिकले नेपाली भूमि अतिक्रमण गरी घर–टहरा बनाइ बस्ती बसाएका कारण सुनसरीमा २३ सीमास्तम्भ समेत हराएको छ । सुनसरीका कटैया–भन्टावारी, शिवगन्ज पकरिया र साहेवगन्जका ४३ हेक्टर जमिन भारतले अतिक्रमण गरेको छ ।

नेपालको २६ जिल्ला भारतीय सीमासँग जोडिएका छन् । र, नेपाल भारतबीच १ हजार ८ सय ८० किलोमिटर सीमारेखा छ । त्यसमध्ये २३ जिल्लामा सीमा विवाद छ । नेपाल–भारत सीमारेखाको ७१ स्थानमा अतिक्रमण, मिचान र वादविवाद छ । र, यस्तो विवादित क्षेत्रफल ६० हजार ६ सय ६२ हेक्टर छन् ।

यो पनि पढ्नुहोस
रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीकी उम्मेदवार रजनी केसीले मतदान गरेकी छिन् । पोखरा ४ गैह्रापाटनमा रहेको नविन मावीमा पुगेर उनले मतदान गरेकी हुन् ।

बिहान सवा सात बजे उनले मतदान गरेकी हुन् । नेकपाकी विद्याले ९ बजे पोखरा ३३ भरतपोखरीको शान्ति उदय माविमा मतदान गर्ने कार्यक्रम रहेको छ । काङ्ग्रेसका खेमराज पौडेलले भने मरदान गर्न पाउने छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार