६ वर्षमा बरामद गरियाे येति क्विन्टल तस्करीकाे सुन,बिस्तृतमा हेर्नुहोस

काठमाडौं । हङकङबाट आएका दुई चिनियाँ नागरिक चेन होङयाङ र चेन क्विनहाङ आठ किलो सुनसहित बिहीबार राति त्रिभुवन विमानस्थलबाट पक्राउ परे।

जहाजबाट बाहिरिने क्रममा भन्सार र प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो। अवैध रुपमा नेपाल भित्र्याइएको सुन बरामद गरिएकाे यो पछिललो घटना हो। प्रहरीका अनुसार २०७१ मा १११ किलो, ०७२ मा ६८, ०७३ मा ९१, ०७४ मा १७९, ०७५ मा ८९ र चालु आर्थिक वर्षको आठ महिनामा २९ किलो सुना बरामद भएको छ।

प्रहरीका अनुसार ६ वर्षको अवधिमा त्रिभुवन विमानस्थल तथा चीन र भारतसँग जोडिएका नाकाबाट ५६७ किलो सुन बरामद भएको छ। जुन अहिलेको दरअनुसार करिब तीन अर्ब ५० करोड रुपैयाँ बराबरको सुन हो। तस्करीमा संलग्न ४५५ जना नेपाली र विदेशी नागरिक पक्राउ परेका छन्। पक्राृ परेको केहीबाहेक अधिकांश भरिया रहेको प्रहरी अधिकारीले बताएका छन्। याे खबर कान्तिपुर दैनिकमा छ।

यो पनि पढ्नुहोस
बलिउड सुपरस्टार सलमान खान अभिनित चलचित्र ‘दबङ्ग–३’ डिसेम्बर २० मा रिलिज हुँदैछ । बहुप्रतीक्षित ‘दबङ्ग–३’ को चर्चा चुलीमा पुगिसकेको छ । चर्चामात्रै होइन यसले बक्सअफिसमा गर्ने व्यापारको पनि पूर्वानुमान सुरु भइसक्यो । यो चलचित्रले अहिलेसम्मकै ठूलो रिलिजको मौका पाउने भएको छ । घरेलु बक्सअफिसमा ५४ सय स्क्रिन पाउने ‘दबङ्ग–३’ले बलिउडबाहिर १६ सय स्क्रिन पाउने छ । यति स्क्रिन नघटेमा यसले ‘ठग्स अफ हिन्दोस्तान’को रेकर्ड ब्रेक गर्नेछ ।

बलिउडकै सर्वाधिक स्क्रिनमा रिलिज भएको ‘ठग्स अफ हिन्दोस्तान’ले ५ हजार स्क्रिन पाएको थियो । फलतः चलचित्रले ५० करोड माथिको ओपनिङ गरेको थियो । अब यो रेकर्ड ‘दबङ्ग–३’ ले तोड्ने अवस्था छ । बलिउडमा चलचित्रको चर्चा जुन ढङ्गमा हुने गर्छ, प्रचारप्रसार पनि त्यतिकै हुने गर्छ । प्रचारमात्रै होइन कुन चलचित्रले कति व्यापार गर्छ भनेर त्यसको पूर्वानुमान पनि हुन्छ । परिणामतः कुन चलचित्र कहिले रिलिज हुन्छ र कुनमा को कलाकारले अभिनय गरेका छन्, दर्शकलाई त्यसबारे पूर्ण जानकारी हुन्छ ।

बलिउडमा चलचित्रको प्रचारका लागि अभिनेता तथा अभिनेत्रीहरु विभिन्न सूत्र अपनाउँछन् । स्टारहरु नै आमजनतासँग साक्षात्कार गर्न सडकमै ओर्लिन्छन् । हुन पनि हो, चलचित्र अब फगत कलामात्रै रहेन । यो ‘कमोडिटी’ अर्थात् ‘वस्तु’ बनिसक्यो । अर्बौं लगानी गरेर उत्पादन गरिएका वस्तु (चलचित्र) चलाउन त्यसको प्रचार पनि हुनैपर्‍यो । मनोरञ्जनका बहुसुविधा उपलब्ध वर्तमान समयमा उपभोक्तालाई वस्तु उत्पादनबारे विशेषतासहित राम्रै जानकारी दिनु जरुरी छ । त्यसैले बलिउडमा चलचित्रको प्रचारका लागि साम, दाम, दण्ड, भेद सबै प्रक्रिया अपनाउने गरिन्छ ।

चलचित्र निर्माणको गति बढ्दै गएको नेपालमा तुलनात्मक रुपमा यसको प्रचार कमै हुन्छ । न्यून बजेट र प्रचारका लागि दक्ष जनशक्तिको अभावमा फितलो प्रचार हुने गरेको छ । साथै, प्रचार सामग्री रचनात्मक ढङ्गमा निर्माण हुन नसक्नु पनि नेपाली चलचित्रजगत्को समस्या हुन पुगेको छ ।

त्यसो त, नेपालमा पछिल्लो समय प्रचारको शैली फेरिन थालेको छ । सहरका गल्लीका भित्तामा पोस्टर टाँसेर गरिने प्रचार यथावत् त छ, तर यो पहिलो प्राथमिकतामा पर्न छोडेको छ ।

रेडियो टेलिभिजनमा गरिने विज्ञापन, देशका मुख्य सहरमा पुगेर गरिने पत्रकार सम्मेलनसँगै पछिल्लो समय केही चलचित्रले टाइटल सङ्गको कभर डान्स तथा केहीले स्क्रिप्ट तथा कविता प्रतियोगिता समेत गराउन थालेको देखिएको छ । तर यतिमात्रै चलचित्रको प्रचारका लागि पर्याप्त छैन । यही महसुस गर्दै पछिल्लो समय नेपाल भित्रिएका साङ्गीतिक ‘रियालिटी सो’मा चलचित्रको प्रचारका निम्ति जान थालिएको छ ।

‘भ्वाइस अफ नेपाल’, ‘नेपाल आइडल’मा चलचित्र रिलिजको पूर्वसन्ध्यामा चलचित्रका मुख्य कलाकार, निर्देशक तथा निर्माताहरु जाने गरेका छन् । यी अन्तरराष्ट्रिय साङ्गीतिक सो नेपाल भित्रिएको लामो समय भएको छैन । तर यस्तो प्लेटफर्मलाई नेपाली चलचित्रले प्रचारको माध्यम बनाउन पाएका थिएनन् । गत वर्षमात्रै नेपाल भित्रिएको ‘को बन्छ करोडपति’को मञ्चबाट पनि केही चलचित्रले प्रचार गर्ने मौका पाए ।

अन्तरराष्ट्रिय राइट्स लिएका यी ‘सो’बाहेक नेपाली मौलिक टेलिभिजन ‘सो’ ‘ह्वाट्स द फ्लप’, ‘मुन्द्रेको कमेडी क्लब’बाट पनि चलचित्र मेकरहरुले आफ्नो चलचित्र रिलिजको पूर्वसन्ध्यामा प्रचार गरिरहेका छन् ।

टेलिभिजनमा उच्च टीआरपी हुने तथा युट्युब स्क्रिनिङमा ठूलो सङ्ख्यामा दर्शक आउने भएकाले यस्ता कार्यक्रमलाई मेकरहरुले चलचित्रको प्रचारका लागि प्रभावकारी माध्यम ठानेका हुन् ।

नेपालमा चलचित्रको पब्लिसिटीका लागि खासै धेरै बजेट छुट्ट्याइँदैन । त्यसको असर चलचित्रको व्यापारमा पर्ने गरेको चलचित्र निर्देशक तथा कलाकार तुलसी घिमिरे बताउँछन् । “हामी चलचित्र बनाउन जान्दछौं, तर त्यसलाई बेच्न जान्दैनौं,” निर्देशक घिमिरे भन्छन्, “हामीले सबै चलचित्र राम्रा बनाएका छौं भनेर म भन्दिनँ, तर राम्रा चलचित्रको पनि मार्केटिङ गर्न जानेनौं ।” नेपाली चलचित्रको बजार प्रवद्र्धनका लागि व्यापारिक घरानाको प्रवेश आवश्यक रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार