एजेन्सी,
हिन्दू धर्मअनुसार आइतबार सूर्यदेवको बार मानिन्छ । सूर्यदेवबाट प्रकाश, आरोग्य, प्रतिष्ठा प्राप्त हुने छ भने दुष्टहरुको निवारण हुनेछ । नवग्रह शान्ति विधानमा मात्र सूर्योपासनाबाट सबै ग्रहको शान्ति मिल्ने उल्लेख छ । किन भने सूर्यदेवलाई नौ ग्रहको मुख्य ग्रह अर्थात राजा मानिन्छ ।
तपाईंले जीवनमा कुनै तनाव झेलिरहनु भएको छ भने सूर्यदेवलाई प्रसन्न पारेर आफ्नो सबै तनाव निवारण गर्न सक्नु हुनेछ । सूर्यदेवको कृपाबाट व्यक्तिलाई समाजमा मानसम्मान प्राप्त हुनेछ । साथै, नोकरी तथा भाग्य सम्बन्धी समस्या सूर्यको पूजाबाट टाढा हुनेछ ।
हरेक दिन बिहान सूर्यलाई नमस्कार गरेमा बल, बुद्धि, विद्या, वैभव, तेज, ओज, पराक्रम तथा दिव्यता प्राप्त हुनेछ । आइतबारको दिन व्रतालुहरुले एक छाक मात्र खाना खानुपर्दछ । साथै खानामा नुनतेल मिसाउनु हुँदैन । व्रत बस्नेहरुले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पूजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्छ ।
यो पनि पढ्नुहोस
महाकवि लक्ष्मीप्रसाद देवकोटा २०१२-१३ सालतिर साइकल चढेर डिल्लीबजारबाट कुपण्डोल नियमित आउजाउ गर्थे। बागमती पुलछेउको ‘प्रगति’ द्वैमासिकका सम्पादक नारायणप्रसाद बाँस्कोटाको घर उनको गन्तव्य थियो।
कमलमणि दीक्षितले त्यस बेला देवकोटा साइकलमा सवार भएको तस्बिर आफ्नो किताब ‘गुरुभेटी’ को अन्तिम पातोमा छापेका छन्। उक्त तस्बिरले तत्कालीन समयमा उपत्यकाको मुख्य सवारी साइकल थियो भन्ने देखाउँछ।
आज करिब ६५ वर्षपछि ललितपुर महानगरपालिका कार्यालय, पुल्चोकको प्रांगणमा शनिबार बिहान मेयर चिरिबाबु महर्जन साइकलमा देखिए। छोराले वर्षौं चलाएर थन्क्याएको ३३ वर्ष पुरानो साइकलमा सवार उनी हँसिलो मुद्रामा देखिन्थे। भने, ‘साइकल मजस्तै पुरानो हो, तर एकदम राम्रो छ।’
सन्तोशा कम्पनीको सिंगापुरे साइकल राम्रो भए पनि उकुसमुकुस उपत्यकाको सार्वजनिक यातायात र सडक व्यवस्थापनको अवस्था भद्रगोल छ।
देवकोटापछि आफ्नै पालामा समेत सहरमा फेरि साइकल प्रेम जगाउन मेयर महर्जन सयौँ साइकल यात्रीको नेतृत्व गर्दै कुपण्डोलतिर लागे। उनलाई पछ्याउँदै ललितपुर–१३ का वडाध्यक्ष गणेश केसी लगायत साइकल अभियन्ता र साइकल प्रेमीहरू मुख्य बाटोमा निस्किए।