चितवनको दुबै वडामा कांग्रेसले मार्‍यो बाजी

काठमान्डू, चितवनको दुबै वडामा नेपाली कांग्रेसले बाजी मारेको छ। खैरहनि वडा नं. ४ र ५ मा प्रतिद्वन्द्वी नेकपालाई हराउँदै कांग्रेसले बाजी मारेको हो। खैरहनि वडा ४ मा २१६० मत खसेकोमा नेपाली कांग्रेसका देव बहादुर बस्नेतले ११३८ मत ल्याएका छन् भने नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार वेद बहादुर अधिकारीले ९८६ मत ल्याएका निर्वाचन अधिकृत विद्याराज पौडेलले जानकारी दिए।

त्यस्तै ,खैरहनि वडा ५ मा १६७० खसेको मतमा नेपाली कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले ८४२ मत ल्याएकी छन् भने नेकपाका तर्फबाट कूल नारायण प्रधानले ७५६ मत ल्याएका छन्।

यो पनि पढ्नुहोस
धुलिखेल — उपनिर्वाचन अन्तर्गत धुलिखेल–२ मा भएको निर्वाचनमा नेकपाका देवप्रसाद कोइराला विजयी भएका छन् । शनिबार भएको उपनिर्वाचनमा कोइरालाले आठ सय ६७ मत प्राप्त गरे । यस्तै कांग्रेसका दर्णबहादुर खत्रीले पाँच सय ८२ मत प्राप्त गरे । राजपा नेपालका कृष्णबहादुर तामाङले १५ र राप्रपा ९संयुक्त०का बासु थापाले ६ मत प्राप्त गरे । जसमध्ये ३२ मत बदर भए । एक हजार ८ सय ७७ मतदाता मध्ये एक हजार पाँच सय ०२ मत खसेको थियो। सात सय ५८ महिला र सात सय ४४ पुरुष मतदाताले मतदान गरेका थिए। साबिक रविओपी गाविस फुटेर बनेको धुलिखेल २ मा नौ सय ४९ महिला र ९ सय २८ पुरुष मतदाता थिए।
कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार