कास्की २ मा नेकपा उम्मेदवार विद्या भट्टराईको अग्रता

काठमाण्डौ – कास्की क्षेत्र नम्बर २ मा मतगणना चलिरहेको छ । शनिबार रातिदेखि चलिरहेको मतगणनाको पहिलो चरणको मत परिणाम आउँदा नेकपाकी उम्मेद्वार विद्या भट्टराईले अग्रता लिनुभएको छ ।

उहाँले ३ हजार २ सय ७६ मत पाउनुभएको छ । यस्तै, नेपाली काँग्रेसका खेमराज पौडेलले २ हजार १ सय १५ मत पाउनुभएको छ । भरतपोखरी क्षेत्रबाट मतगणना थालिएको हो । भरतपोखरी नेकपाका नेता स्वर्गीय रविन्द्र अधिकारीको जन्म क्षेत्र हो ।

यो पनि पढ्नुहोस
मोरङ । मोरङ धनपालथान गाँउपालिका वडा नं.२ को वडाध्यक्षमा नेपाली कांग्रेसका नारायण प्रसाद साह १ हजार ७०१ मत ल्याई विजयी भएका छन् । त्यस्तै उनका प्रतिद्वन्द्वी नेकपाका पंकज कुमार मण्डलले १ हजार ४९७ मत प्राप्त गरेका छन् ।

यस अघि सो वडामा नेकपाका बलिराम भगतले जितेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार