मध्यराति भयानक दुर्घटना, ७ जनाको मृ’ त्यु

काठमान्डू,
सुनसरीको हरिपुरमा गएराति भयानक दु’ र्घटना भएको छ । दुर्घटनामा ७ जनाकाे ज्या’ न गएकाे छ । वीरगंजबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई शनिबार राति १२ः२० मा ठ’ क्कर दिएको थियो। प्रदेश एक ट्राफिक प्रहरी प्रमुख भीम दाहालले सातै जनाको घ’ टना’ स्थलमै मृ’ त्यु भएको हो। मृत्यु हुने उदयपुर त्रियुगा नगरपालिका–१० का राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राई रहेका छन्। दु’ र्घटनामा ६ जना घा’ इते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

यो पनि पढ्नुहोस
मोरङ । मोरङ धनपालथान गाँउपालिका वडा नं.२ को वडाध्यक्षमा नेपाली कांग्रेसका नारायण प्रसाद साह १ हजार ७०१ मत ल्याई विजयी भएका छन् । त्यस्तै उनका प्रतिद्वन्द्वी नेकपाका पंकज कुमार मण्डलले १ हजार ४९७ मत प्राप्त गरेका छन् ।

यस अघि सो वडामा नेकपाका बलिराम भगतले जितेका थिए ।

यो पनि पढ्नुहोस
१५ मंसिर, काठमाडौं । अर्खाखाँची र दाङमा वडाअध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा कांग्रेस विजयी भएको छ । अघिल्लो चुनावमा नेकपाले जितेका यी स्थानमा यसपटक कांग्रेसले बाजी मारेको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा नेपाली कांग्रेसका तारा डिसी विजयी भएका छन् । उनले नेकपाका सुरेशबहादुर केसीलाई १ सय १ मतले पराजित गरे ।

कांग्रेसका ताराबहादुर डीसीले १ हजार २ सय १८ मत हासिल गर्दा नेकपाका सुरेशबहादुर केसीले १ हजार १ सय १७ मत पाएका छन् । नेकपाका बागी उम्मेदवार जगलाल चौधरीले ७ सय २० मत पाए ।

यहाँ अघिल्लो निर्वाचनमा तत्कालीन एमालेका लक्षिनप्रसाद बुढा विजयी भएका थिए । उनको निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेस विजयी भएको हो ।

शनिबार भएको उपनिर्वाचनमा ३ हजार २ सय २६ मत खसेकोमा ६८ मत बदर भएको थियो । अन्य उम्मेदवारहरु समाजवादीकी विमला पुनले ३१, राप्रपाका प्रकाश केसीले १९, नेशनल मंगोलका पहलमान आलेले ३० र स्वतन्त्र उम्मेदवार समीर वलीले २३ मत पाए ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–३ मा कांग्रेसका शोभाखर खनाल विजयी भएका छन् । खनालले नेपाल कम्युनिष्ट पार्टी नेकपाका यमलाल खनाललाई १०६ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । शोभाखरले १ हजार १ सय ५९ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी यमलालले एक हजार ५३ मत पाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार