मोरङको धनपालथान–२ मा कांग्रेस विजयी, धरान उपमहानगरमा कडा प्रतिस्पर्धा

मोरङ – धनपालथान गाउँपालिका वडा नम्बर २ मा भएको उप चुनावमा नेपाली कांग्रेसका नारायणप्रसाद साह विजयी हुनुभएको छ । नेकपाका पंकज मण्डललाई पराजित गर्दै साह विजयी हुनुभएको हो । नेकपाका पंकज मण्डलले १ हजार ४ सय ९७ मत प्राप्त गर्नुभयो भने विजयी नेपाली कांग्रेसका नारायणप्रसाद साहले १ हजार ७ सय ०१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो वडामा यस अघिको चुनावमा नेकपाले जितेको थियो । प्राप्त मत परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तकी ज्योती पासवानको २४ मत, नेपाल लोकतान्त्रिक पार्टीका देवनारायण मण्डलको ८ मत, मंगोल नेशनल अर्गनाइजेशनका मेघनाथ पासवानले ७ मत मात्र प्राप्त गर्नुभयो ।

त्यस्तै जनमत पार्टीको तर्फबाट उम्मेदवार भएकी चनरादेवी मण्डलले ९ मत प्राप्त गर्नुभयो । ४ हजार ७४ मतदाता रहेको यो ठाउँमा ३ हजार २ सय ८४ मत खसेको थियो । खसेको मत मध्ये ३८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस
कोहलपुर नगरपालिका–६ मा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार रामशरण थारु निर्वाचित भएका छन् । उनले ८०० मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवारलाई हराएका हुन् ।

उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार श्रीकृष्ण थारुले ७३७ मत प्राप्त गरेका छन् । यसैगरी, राप्रपाका उम्मेदवार श्रीधर सुवेदीले ६१ मत प्राप्त गरेका छन् । भने समाजवादीका शुभखर पोखरेलले १० र नेपकिपाकी दिपालक्ष्मी हमालले २३ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार