महरा र शंकर पोखरेलको वडामा कांग्रेस दोब्बर मतले विजयी, नेकपाको लालकिल्ला तोडियो.

दाङ। पूर्व एमालेले जितेको घोराही १६को वडा अध्यक्षमा नेपाली कांग्रेसका तारा बहादुर डाँगीले नेकपाका उमेद्वार शुरेसबहादुर केसीलाई पराजित गर्दै लाल किल्ला तोडेका छन्। डाँगीले १२२२ मत प्राप्त गरि विजयी हुँदा केसीले १११७ मत ल्याए। स्वतन्त्र उमेद्वार जगलाल थारुले ७२० मत ल्याएर तेस्रो भए।

कुल ४ हजार ४ सय ५३ मत रहेकोमा ३ हजार २ सय २६ जनाले मतदान गरेका थिए। गत स्थानिय निर्वाचनमा पूर्व एमालेबाट निर्वाचित लछिनप्रसाद बुढाको निधन पछि उपनिर्वाचन भएको हो। दाङ प्रदेश नम्वर ५का मुख्यमन्त्री शंकर पोखरेलको गृहजिल्ला हो। पूर्व सभामुख कृष्ण बहादुर महरा निर्वाचित भएको जिल्ला पनि दाङ नै हो।

यहाँका तीन वडामा भएको वडाध्यक्षको निर्वाचनमा नेपाली काङ्ग्रेसले विजयी हासिल गरेको छ । भरतपुर महानगरपालिका–१६ मा काँग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भक्तराज हमाललाई पराजित गनुभएको हो । अमृतराजले तीन हजार १८३ मत प्राप्त गर्नुभयो भने भक्तराजले दुई हजार ८७५ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै पूर्वी खैरहनी नगरपालिका–४ मा काँग्रेसका उम्मेदवार देवबहादुर बस्नेतले नेकपाका उम्मेदवार वेदबहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गर्नुभएको हो । बस्नेतले एक हजार १३८ मत प्राप्त गर्दा नेकपाका वेदबहादुर अधिकारीले ९८६ मत ल्याउनुभएको थियो ।

खैरहनीकै वडा नं ५ मा नेपाली काँग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका उम्मेदवार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गर्नुभएको छ । कार्कीले ८४२ मत प्राप्त गर्दा र प्रधानको ७५६ मत आएको थियो ।

त्यस्तै क्षेत्र नं १ (क)मा प्रदेशसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

चाँगुनारायण नगरपालिकाका नौवटै वडा र भक्तपुर नगरपालिका–१० गरी कूल १० वडामा भएको उपनिर्वाचनपछि भएको मतगणनामा आज बिहान ७ः०० बजेसम्मको मतगणनामा काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले दुई हजार ३१२ मतको अग्रता लिनुभएको छ ।

चाँगुनारायण नगरपालिका–१ देखि ६ सम्मको मतगणनामा काँग्रेसका उम्मेदवार भँडेलले नौ हजार ९५ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद ढकालले छ हजार ७८३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का निरज लवजूले दुई हजार ८४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का श्यामप्रसाद नेपालले २९४, साझा पार्टीका सुरज प्रधानले २४८ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गएराति ११ः०० बजे शुरु भएको मतगणनाको अन्तिम परिणाम आज बिहान १०ः०० बजेसम्म आउने गरी मतगणना भइरहेको छ ।

प्यूठान ः प्यूठान नगरपालिका–२ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार मुक्ति पोख्रेल विजयी हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार मोहनसिं बिष्टलाई २८४ को मतान्तरले हराउँदै पोख्रेल विजयी हुनुभएका हो । विजयी उम्मेदवार पोख्रेलले एक हजार १२७ र प्रतिद्वन्द्वी बिष्टले ८४३ मत प्राप्त गर्नुभएको थियो ।

अछाम ः मेल्लेख गाउँपालिका–५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रमेश खड्का विजयी हुनुभएको छ । नेपाली काँग्रसबाट उम्मेदवार रहनुभएका वीरबहादुर बोहरालाई २१५ मत अन्तरले पराजित गर्दै खड्का विजयी हुनुभएको हो । कूल खसेको एक हजार ३५७ मतमध्ये खड्काले ७७८ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी बोहराले ५६३ मत प्राप्त गर्नुभयो ।

नेपाली काँग्रेसबाट निर्वाचित रामबहादुर बोहराको निधन भएपछि उक्त वडामा उपनिर्वाचन भएको हो । यसैबीच निर्वाचन सम्पन्न भइसकेपश्चात् शनिबार साँझ नेकपा र काँग्रेसका कार्यकर्ताबीच शनिबार साँझ झडपसमेत भएको थियो । झडपमा नेकपा निकट अनेरास्ववियुका केन्द्रीय सदस्य गम्भीर साउद र काँग्रेसका डम्बर स्वार घाइते भएका प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार