ऐरावती गाउँपालिका: पार्टीले टिकट दिएन, स्वतन्त्र उम्मेदवारी दिएर जिते भिमेशले वडाध्यक्ष

प्युठान – प्युठानमा स्थानीय तहका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चा र नेकपाकाे केन्द्रीय तहकाे समीकरण ताेड्दै स्वतन्त्र उम्मेदवार भिमेश घर्तीमगर विजयी हुनुभएकाे छ । घर्तीमगर स्वतन्त्रबाट विजयी भए पनि उहाँ नेकपाकै कार्यकर्ता हुनुहुन्छ । उहाँलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारका रुपमा चुनावमा उठ्नुभएकाे हाे ।

पार्टीले टिकट दिएन : स्वतन्त्रबाट विजयी

नेकपाले राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेपछि आक्रोशित बन्नुभएका ऐरावती गाउँपालिका-२, नेपानेका भिमेशकुमार घर्तीमगरले स्वतन्त्र उम्मेदवारीकाे घोषणा गर्नुभएको थियो । पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय उल्लंघन गर्दै उहाँ चुनावी प्रचारमा लाग्नुभएकाे थियो ।

तर केन्द्रीय कमिटीको निर्णय नमान्दै जिल्ला कमिटीले भने भिमेशलाई नै सघाएको थियो । प्रतिस्पर्धी राजमोका भक्त बहादुर विकलाई उहाँले ३ सय ५१ मतले पछि पार्दै निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेका भूपाल जिसीले भने ३ सय ५६ मत ल्याउनुभएको छ ।

यो पनि पढ्नुहोस
इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार बेलुका भएको खेलमा युभेन्टस जित बिहीन भएको छ र दोस्रो स्थानमा झर्न बाध्य पनि ।

लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा पहिलो युभेन्टस सासुओलोसँग २–२ को बराबरीमा रोकिएको हो ।

२० औँ मिनेटमा लियोनार्डो बोनुचीले गोल गर्दै युभेन्टसलाई सुरुवाति अग्रता दिलाए । २२ औँ मिनेटमा जेरेमी बोगाले सासुओलोका लागि बराबरी गोल गरे । ४७ औँ मिनेटमा फ्रान्चिस्को कापुतोले सासुओलोका लागि गोल गरे ।

भेट्रान गोलरक्षक जियानलुइजी बुफोन हडबडाएका कारण कापुतोको प्रहार गोलमा परिणत भएको हो । ६८ औँ मिनेटमा पाएको पेनाल्टीमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै टिमलाई बराबरीको अवस्थामा ल्याए । तर त्यसपछि गोल हुन सकेन र युभेन्टसले जित निकाल्न सकेन ।

बराबरीपछि १४ खेलबाट ३६ अंक जोडेको युभेन्टस दोस्रो स्थानमा झरेको छ । आइतबार राति नै भएको खेलमा एसपिएएललाई २–१ ले पराजित गरेको इन्टर मिलान १४ खेलबाट ३७ अंक जोड्दै शीर्ष स्थानमा पुगेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार