थाहा पाउनुहोस,अण्डा भित्र भएकाे रगतको थोप्ला खान मिल्छ कि मिल्दैन ?

काठमान्डू,
बिहानको नास्ताका लागि यदि कुनै खानेकुरा खोज्ने हो भने सबैभन्दा पहिला अण्डाकै नाम आउँछ । विश्वमा नै बिहानको नास्ताका लागि स्वस्थबर्धक नास्ताको विकल्पमा अण्डालाई लिइन्छ । अण्डा स्वस्थबर्धकमात्रै नभइ स्वादिलो पनि हुन्छ । यसलाई फ्राइ, अमलेट, करीलगायत जस्तो सुकै तरिकाबाट विभिन्न परिकार बनाएर खान सकिन्छ । तर यति हुँदाहुँदै पनि हिजोआज प्रदुषण तथा मिसावटको प्रभाव हरेक चिजमा पर्न थालेको छ । र, यसमा अण्डा पनि अछुतो छैन ।

तपाईंले अण्डाको रानी अर्थात पहेलो भागमा रातो दाग वा रगतको थोपा जस्तो देख्नु भएको होला । मानिसहरुले यस्तो देखेमा बिग्रिएको अण्डा भन्ने ठानेर फाल्दिने गर्छन् । तर जानी राख्नुहोस्, अण्डामा यस किसिमको रगतको थोपा हुन्छ । रगत भन्ने बित्तिकै सबैलाई एक किसिमको त्रास हुन्छ । वास्तवमै यस्ता किसिमको अण्डा खानु हुन्छ त ?

कसरी आउँछ अण्डामा रगत
यदि तपाईंलाई अण्डा मन पर्छ भने यस्ता कुराले तपाईंको मनमा नकारात्मक सोच आउन सक्छ । तर वास्तविकता बुझ्ने हो भने अण्डामा रगतको थोप्ला हुन्छ नै । कुखुराको शरीरमा अण्डा विकास हुने प्रक्रियाको क्रममा प्राकृतिक रुपमा नै रगतको थोप्ला परेको हुन्छ । अण्डाको पहेलो भागमा देखिने रगतको थोप्ला प्राकृतिक रुपमा नै आउने भएकाले बिग्रिएको अण्डा भन्ने भ्रम त्याग्नुहोस् ।

के यस्ता अण्डा खान मिल्छ ?
धेरैजसो मानिस यस्ता अण्डालाई बिग्रिएको ठानेर फाल्दिने गर्छन् । युनाइटेड स्टेट्स डिपार्टमेन्छ अफ एग्रिकल्चर (युएसडीए) को एक रिपोर्टअनुसार यस्ता अण्डालाई राम्रोसँग पकाएर खाँदा हुनै असर गर्दैन । तर, राम्रोसँग नपकाउने हो भने साल्मोनेलोसिसको खतरा हुनेछ । जुन साल्मोनेला ब्याक्टेरियाका कारण हुन्छ । यसले पेटमा दुखाई, झाडापखला तथा रुघाँखोकी जस्ता विभिन्न स्वास्थ्यमा समस्या आउनेछ ।

यो पनि पढ्नुहोस
पोखरा — कास्की निर्वाचन क्षेत्र २ बाट नेकपाकी विद्या भट्टराई अधिकारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खेमराज पौडेलको भन्दा ८ हजार ४ सय ३ मत बढी ल्याएर भट्टराई सांसद बनेकी हुन् । उनले २४ हजार ३ सय ९४ मत ल्याउँदा पौडेलका लागि १५ हजार ९ सय ९१ मत खसेको थियो ।
उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यको एकमात्र क्षेत्र हुनुका साथै दिवंगत रवीन्द्र अधिकारीले तीन पटकसम्म जितेको ठाउँ भएकाले यहाँको मतपरिणाममाथि सबैको चासो थियो । यस क्षेत्रबाट अधिकारी दुइटै संविधानसभाको निर्वाचन र ०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । अधिकारी पत्नी भट्टराईले उपनिर्वाचन जितेसँगै श्रीमान्ले ह्याट्रिक गरेर रचेको कास्कीको राजनीतिक इतिहासलाई जोगाएकी छन् ।

उपनिर्वाचनमा समाजवादीका धर्मराज गुरुङले १ हजार ९ सय २२ मत ल्याए । राप्रपाका रोमबहादुर भण्डारीले १ हजार १ सय ५३ मत पाए । साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मतमा चित्त बुझाउनुपर्यो  ।

जितपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै भट्टराईले जनतामाझ गएर प्रतिबद्धता व्यक्त गर्ने बताइन् । ‘हामी कार्ययोजना बनाएर अघि बढ्छौं,’ उनले भनिन्, ‘पूर्वाधार विकासका काम, सामाजिक न्यायका कुराका साथै पोखरालाई प्रमुख पर्यटकीय राजधानी बनाउन भूमिका खेल्नेछु ।’

उनले आफ्नो जितलाई रवीन्द्रप्रतिको सम्मान भएको बताइन् । ४७ वर्षीया भट्टराई लामो समयको राजनीतिक विश्रामपछि त्रिविको उपप्राध्यापकबाट राजीनामा दिएर चुनावमा होमिएकी थिइन् । तत्काली पर्यटनमन्त्री अधिकारीको निधनपछि उनलाई पोखरेलीले चिन्ने अवसर पाएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार