पूर्वराजा वीरेन्द्र चढ्ने हवाईजहाज र हेलिकोप्टर नारायणहिटी संग्रहालयमा राखिने भयो

काठमाडौं । राजा वीरेन्द्र र राजपरिवारले प्रयोेग गर्दै आएका एक हवाईजहाज र एक हेलिकोप्टर नारायणहिटी दरबार संग्रहालयमा राखिने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमनजिक ह्यांगरमा राखिएका ती जहाज र हेलिकोप्टर संग्राहलयमा राख्न सरकारले तयारी थालेको बताइएको छ। यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र नारायणहिटी दरबार संग्रहालयले अध्ययन गरिरहेका छन्।

यसै सिलसिलामा केही दिनअघि मन्त्रालयका उच्च अधिकारी र संग्रहालयका कर्मचारी विमानस्थल पुगेका थिए। नेपाली सेनाकाे ११ बाहिनीकाे रेखदेखमा रहेका यी दुई जहाज नेपाल ल्याइएकाे थियो भन्ने जानकारी प्राप्त भएकाे छैन्। याे खबर नेपाल समाचारपत्र दैनिकमा छ।

यो पनि पढ्नुहोस
जनकपुरधाम : ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको साताव्यापी सिता–राम विवाह पञ्चमी महामहोत्सवको आज अन्तिम दिन रामकलेवा विधि हुने भएको छ। रामकलेवाको अवसरमा जानकी मन्दिर प्राङ्गनमा भारतको अयोध्याबाट आएका जन्तीका लागि विशेष भण्डारा (भोज)को गरिदैछ । पौराणिक मान्यतानुसार रामकलेवामा विवाहमा जन्तीका रुपमा आएका पाहुनाहरुलाई मिष्ठान भोजन गराउने गरिन्छ। पाहुनालाई ३६ व्यञ्जन खुवाउने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोषण दासले बताए।

भोजन आज साधुसन्त तथा महन्तहरुलाई दक्षिणा आदि प्रदान गरी बिधिबत रुपमा बिदाइ गर्ने परम्परा रहेको छ। ‘दक्षिणाको रुपमा मिथिला पाग, गम्छा, धोती र नगद समेत दिने गरिन्छ।’ उत्तराधिकारी महन्थ दासले भने, ‘जसरी हामी छोरीको विवाहमा पाहुनालाई सत्कार गर्छौ। दक्षिणा दिएर विदाइ गर्छौ। त्यसरी नै यहाँ पनि सबै विधिपुर्वक पाहुनाको स्वागत तथा सत्कार गर्नेछौं।’ विवाहको क्रममा हुने तिलक, मटकोर, जन्ती र मरजादको भोज (राम कलेवा)को आयोजनले यस धार्मिक महोत्सवलाई सांस्कृतिक स्वरुप प्रदान गरेको मैथिली संस्कृतिविद्हरु बताउँछन्। यस महोत्सवले लोपोन्मुख विवाह गीतहरुलाई समेत संरक्षण गरेको छ। यस वर्ष मंसिर १० गतेबाट सुरु भएको साताव्यापी विवाह पंचमी महामहोत्सव आज रामकलेवा भएसँगै विधिवत समापन हुन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार