मंसिर १७ गते १८ गते सार्वजनिक बिदा

काठमान्डू,
बाराको पवित्र धार्मिक सथ्ल गढीमाईमा लागिरहेको मेलाका लागि भन्दै पर्सा जिल्ला सहित प्रदेश नम्बर २ का साुमदायियक तथा निजी बिद्यालयहरुमा बिदा दिइएको छ । गढीमाई मेलाको अवसरमा प्रदेश २ सरकारले दुई दिन गढीमाई मेलाका अवसरमा मंसिर १७ गते १८ गते स्थानीय बिदा कट्टा हुनेगरी बिदा दिइएको हो । पर्सामा रहेका बिद्यालयहरु पनि बिदा गर्ने निर्णय भएको बताइएको छ ।

यसैबीच बलीका लागि भन्दै भारतबाट गढीमाईमा सयौं राँगाहरु भित्राइएको छ । यही मंसिर १७ र १८ गते गढीमाईमा बली चढाइने निश्चित भएको बताइएको छ ।बली प्रथाका बिषयमा सर्बोच्च अदालतले समेत बली गढीमाईमा नचढाउन आदेश दिए पनि । भक्तजनहरुको आस्थाका बिषय भएका कारण आफूहरुले रोक्न नसकेको मेला बताइएको छ । हरेक पाँच बर्षमा लाग्ने मेला मंसिर महिलाभर संचालन हुनेछ।

गढीमाई मेलामा बलि चढाउनका लागि भारतबाट ल्याउने पशुहरुलाई रोक नलगाउन आग्रह

गढीमाई मेलामा बलि चढाउनका लागि भारतबाट ल्याउने पशुहरुलाई पशुअधिकारकर्मीले सीमामा रोक्ने गरेको कामले समस्या सिर्जना हुने भन्दै पाँच दिनका लागि नरोक्न आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायका प्रमुखहरु, सांसद, प्रदेशसभा सदस्य, पालिका प्रमुखहरु, जिल्ला समन्वय समितिका पदाअधिकारीहरुले स्थानीय जनता र पशुअधिकारकर्मीबीच बलि रोक्ने विषयमा उग्ररुप लिई सुरक्षा चुनौती थप्न सकिने भन्दै कम्तीमा पनि भारतबाट ल्याइने राँगा, बोकालाई नरोक्न आग्रह गर्नुभयो ।

सर्वाेच्च अदालतले पशु बलिलाई निरुत्साहित गर्न निर्देशनात्मक आदेश गरे पनि धार्मिक आस्थासँग जोडिएको पशु बलिलाई एकाएक रोक्दा दुर्घटना हुने सम्भावना उत्तिकै रहेको सांसद रामसहाय यादवले बताउनुभयो । सीमामा गई पशु बलि रोक्न जाँदा अभियानकर्मीहरु थोरै हुने तर मान्छेको हुल धेरै हुने हुँदा सो हुललाई रोक्न पनि समस्या सिर्जना हुन्छ भन्दै सांसद रामबाबु कुमार यादवले खाली मेलाको समयमा आएर रोक्नुभन्दा सधैँ यसको वकालत, पहलकदमी र जनचेतना जगाइराख्दा पशु बलि निरुत्साहित हुँदै जाने बताउनुभयो ।

गढीमाई मेलामा मात्र नभई दशैँ, होली, रमजान, कुरवानी जस्ता पर्वहरुमा पनि पशु बलि दिने गरेको हँुदा त्यसलाई पनि रोक्न पशुअधिकारकर्मीहरुको ध्यान जान जरुरी रहेको जिल्ला समन्वय समितिका सहसंयोजक पवनकुमार व्याहुतले बताउनुभयो । भाकल गर्नेहरुले बोका, राँगा किनिसकेको हँुदा उनीहरुको मनोकाङ्क्षालाई बुझ्नु जरुरी छ भन्दै प्रदेशसभा सदस्य पारस साहले अहिले पशु बलि रोक्नुभन्दा ठाउँठाउँमा पर्चा, पम्पप्लेट, ब्यानरहरु लगाई मेलामा शिविर सञ्चालन गरेर जनचेतना बढाउनुपर्ने बताउनुभयो ।

मेलामा भारतीयहरुलाई आवतजावतमा सहज बनाउन प्रशासनले चेकजाँच खुकुलो पार्न र खुद्रा समानलाई भन्सार नकाटी सहजरूपमा आउने वतावरण बनाउन प्रहरी प्रशासन लचिलो हुनुपर्ने पूर्वसांसद प्रमोद गुप्ताले बताउनुभयो । सस्तो र लोकप्रियताका लागि समाजमा असर पर्ने र त्यसबाट खतरा सिर्जना हुने खालका गतिविधि पशुअधिकारकर्मीहरुबाट हुनु राम्रो पक्ष नभएको रामकिशोर यादवको भनाइ थियो ।

यता पशु कल्याण सङ्घ नेपालका अध्यक्ष स्नेहा श्रेष्ठले घुमाउरो पारामा आफूहरुको हौसलालाई दबाउन खोजेको बताउनुभयो । बारा महिला विकास मञ्चका अध्यक्ष कलावती पासवानले आफूहरु बलि पूर्णरूपमा बन्द गर्नुपर्ने पक्षमा नरहेको तर चेतना जगाउँदा पनि अवरोध हुनु दुःखद भएको बताउनुभयो । विभिन्न प्रकारको लाञ्छना लगाई कसैको चरित्रलाई बदनाम गर्न कसैलाई छुट नरहेको उहाँको भनाइ थियो ।
यो पनि पढ्नुहोस
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा स्थिती सुधारोन्मुख रहेको चिकित्सकहरुले बताएका छन् । एपेन्डिसाइटिसका साथै र पेटको संक्रमण देखिएपछि उनी गत मंगलबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आकस्मिक कक्षमा भर्ना गरेर शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकको सल्लाहमा उनलाई अन्य संक्रमण हुन नदिन आईसीयूमै राखिएको छ ।

प्रधानमन्त्रीलाई अझै केहि दिन आईसीयूमै राखेर सम्भावित संक्रमण हुन नदिने र केही दिनपछि निजी निवास पठाउने तयारी रहेको चिकित्सकले बताए । पछिल्लो समय प्रधानमन्त्तीलाई सामान्य हिँडडुल गराइएको अस्पतालले बताएको छ । प्रधानमन्त्री ओलीले आइतबारको दशरथ रंगशालामा आयोजित दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोह आइप्याडमा हेरेका थिए । प्रधानमन्त्री ओलीलाई अहिलेसम्म आठपटक डायलाइसिस गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार