सागको पहिलो दिन नेपालले जित्यो १५ स्वर्ण

काठमान्डू,

तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलो दिन १५ स्वर्ण जितेको छ। नेपालले तेक्वान्दो र कराँतेबाट समान ७ – ७ स्वर्ण र ट्रायथलनबाट १ गरी १५ स्वर्ण जितेको हो। नेपालले कराँतेको काताबाट ३ स्वर्ण जितेको छ। कराँते कातामा व्यक्तिगततर्फ मण्डेकाजी श्रेष्ठले स्वर्ण जिते भने महिला र पुरुष समूह काताबाट पनि नेपालले स्वर्ण जित्न सफल भयो।

त्यस्तै, कराँते फाइटतर्फ पनि नेपालले ४ स्वर्ण जितेको छ। कराँते फाइट ५५ केजी तौल समूह पुरुषमा लक्ष्मण तामाङले स्वर्ण जितेका छन्। ८४ किलोभन्दा माथिको तौल समूहमा विप्लवलाल श्रेष्ठले स्वर्ण हात पारे। महिलातर्फ ५५ केजी तौल समूहमा अनु अधिकारीले स्वर्ण जितिन् भने ४५ केजी तौल समूहमा कुसुम खड्काले स्वर्ण हात पारिन्।

तेक्वान्दो पुम्से विधाबाट पनि नेपालले ७ स्वर्ण जितेको छ। तेक्वान्दोबाट कमल श्रेष्ठ र सिना मादेन लिम्बू र पार्वती गुरुङले व्यक्तिगत स्पर्धामा स्वर्ण जितेका हुन्। त्यस्तै व्यक्तिगततर्फ नै आयशा शाक्यले पुम्से (कला प्रदर्शनी)बाट स्वर्ण हात पारेकी छिन्। आयशाले पुम्सेकै २९ वर्षमाथिकै जोडीमा सञ्जिव कुमार ओझासँग मिलेर अर्को स्वर्ण समेत जितेकी छिन्।

पुम्से विधाको महिला १७-२३ वर्ष उमेर समूहमा स्वर्ण जिताउने क्रममा निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमिल्सिना विजयी भए। त्यस्तै २३ वर्षमाथि उमेर समूहमा निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईले पनि स्वर्ण जितेका छन्। ट्रायथलनको महिला तर्फ पनि नेपालले स्वर्ण जितेको छ। पोखरामा भएको खेलमा सोनी गुरुङले स्वर्ण हात पारेकी हुन्।
यो पनि हेर्नुहोस
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षालाई पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथीको लागि साथी नामक सङ्घ, कालीञ्चोक युवा क्लव र लायन्स क्लव अफ दोलखालगायतका सङ्घ÷संस्थाद्वारा उनको सम्मानमा आज यहाँ आयोजित ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले जनतालाई लाभ हुने र परिणाम आउने गरी जनताको पक्षमा काम गर्ने बताए ।

‘यो बेला दोलखा जिल्लाको विकाससँगै सिङ्गो देशको विकास गर्ने बेला हो, देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने बेला हो, यसलाई सफल बनाउनका लागि सम्पूर्ण जनताको त्यतिकै साथ र सहयोगको आवश्यकता हुन्छ,’ उनले भने ।

मन्त्री गुुरुङले दोलखा जिल्लाको समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासँगै नमूना जिल्लाका रुपमा विकास गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे । उनले आफू सधैंभरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सिमान्तकृत समुदायको पक्षमा रहेको र सरकारमा रहुनजेल उनीहरुको हितमा नै काम गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार