भोलि र पर्शी सार्बजनिक बिदा

काठमान्डू,
बाराको पवित्र धार्मिक सथ्ल गढीमाईमा लागिरहेको मेलाका लागि भन्दै पर्सा जिल्ला सहित प्रदेश नम्बर २ का साुमदायियक तथा निजी बिद्यालयहरुमा बिदा दिइएको छ । गढीमाई मेलाको अवसरमा प्रदेश २ सरकारले दुई दिन गढीमाई मेलाका अवसरमा मंसिर १७ गते १८ गते स्थानीय बिदा कट्टा हुनेगरी बिदा दिइएको हो । पर्सामा रहेका बिद्यालयहरु पनि बिदा गर्ने निर्णय भएको बताइएको छ ।

यसैबीच बलीका लागि भन्दै भारतबाट गढीमाईमा सयौं राँगाहरु भित्राइएको छ । यही मंसिर १७ र १८ गते गढीमाईमा बली चढाइने निश्चित भएको बताइएको छ ।बली प्रथाका बिषयमा सर्बोच्च अदालतले समेत बली गढीमाईमा नचढाउन आदेश दिए पनि । भक्तजनहरुको आस्थाका बिषय भएका कारण आफूहरुले रोक्न नसकेको मेला बताइएको छ । हरेक पाँच बर्षमा लाग्ने मेला मंसिर महिलाभर संचालन हुनेछ।

यो पनि हेर्नुहोस
काठमाडौं, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुयायी बलात्कारको आरोपमा रामकृष्णाचार्य बैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सोमबार प्रहरी नायब उपरीक्षक विनोद शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले अनुयायी बलात्कारको आरोप लागेका रामकृष्णाचार्य बैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सिद्धबाबालाई प्रहरीले सोमबार नै सुनसरी जिल्ला अदालतमा उपस्थित गराई चार दिनको म्याद थप गरेर अनुसन्धान शुरु गरेको छ । आज बिहान विराट नर्सिङ अस्पताल विराटनगरबाट पक्राउ गरिएका कृष्णदासलाई प्रहरीले म्याद थपका लागि आजै जिल्ला अदालत सुनसरीमा हाजिर गरेको थियो ।

आइतबार नै प्रहरीले कृष्णदासलाई पक्राउ गर्ने तयारी गरेकामा सघन उपचार कक्ष९आइसीयू०मा भर्ना भएकाले पक्राउ गर्न सकेको थिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार