भारत विरुद्द सिमानाको प्रमाणसहित आए ज्ञानेन्द्र शाही, अब छोड्दिन भन्दै गर्जिए एयरपोर्टबाटै (भिडियो)

काठमाडौ । नेपालका नेपाली अभियानबाट भ्रष्टाचार विरुद्द बोल्दै आएका ज्ञानेन्द्र शाही आज दार्चुलाबाट काठमाडौ फर्केका छन् । काठमाडौ आएका शाहीले सरकारलाई सिमाना विवाद सुल्झाउन मद्दत गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् । ज्ञानेन्द्र शाहीका अनुसार आफुले दार्चुला पुगेर केही प्रमाणहरु बोकेर आएको र त्यो प्रमाणले गर्दा सरकारले भारतसंग छलफल गरेर सिमाना विवाद सुल्झाउन सक्ने कुरा उल्लेख गरेका छन् ।

सरकारले अब भारत संग बोल्न र आफ्नो भू-भाग माग्न दरिलो प्रमाण मैले बोकेर आएको छु जुन म चाडै पत्रकार सम्मेलनबाट सार्वजनिक गर्नेछु भन्दै शाहीले भने: “मैले ल्याएको प्रमाणको आधारमा सरकारलाई भारतसंग कुरा गर्न सहज हुनेछ ।” त्यस्तै केहि दिन अघि नेपालका लागि नेपाली अभियानले उक्त समूहमा रेहर चर्चा बुटुलेका ज्ञानेन्द्र शाहीलाई निस्कासन गरेको छ । बुधबार बसेको आकस्मिक बैठकले शाहीलाई निस्कासन गर्ने निर्णय गरेको हो ।

नेपालका लागि नेपाली अभियानमा ज्ञानेन्द्र शाहीको अब कुनै भूमिका र जिम्मेबारी नरहने उक्त समूहले विज्ञप्ति जारी गरेर भनेको छ। भ्रष्टाचार विरोधी अभियान्ताको नामबाट आफूलाई चिनाएका ज्ञानेन्द्र शाही पछिल्लो पटक नेपालगञ्ज विमानस्थलमा मन्त्री योगेश भट्टराईलाई थर्काएपछि थप चर्चामा आएका थिए ।

यो पनि पढ्नुहोस
काठमाडौं, १७ मंसिर । लियोनेल मेस्सीले कीर्तिमानी इतिहास रच्दै छैटौं पटक बालोन ’डि’ओर अवार्ड जितेका छन् । बार्सिलोनाका कप्तान मेस्सीले सन् २०१५ यता पहिलो पटक अवार्ड उचालेका हुन् ।

फ्रान्सको चर्चित फुटबल पत्रिकाले वर्षको उत्कृष्ट फुटबलरलाई प्रदान गर्ने यो अवार्ड मेस्सीले सन् २००९ मा पहिलो पटक उचालेका थिए । त्यसपछि उनले सन् २०१०,११,१२ र १५ मा यो अवार्ड जितेका थिए ।

गएको सिजन (२०१८–२०१९) मा क्लब र राष्ट्रिय टिमबाट मेस्सीले ५४ गोल गरेका थिए । लिभरपुलका भर्जिल भान डिजेक र युभेन्टसका क्रिश्चियानो रोनाल्डोलाई पछि पार्दै उनले छैटौं पटक अवार्ड उचालेका हुन् । खेलाडी, प्रशिक्षक तथा खेलाडीको मतका आधारमा प्रदान गरिने यो अवार्ड गत वर्ष रियल मड्रिडका लुका मोड्रिकले जितेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार