काठमान्डू,लियोनल मेस्सीले कीर्तिमानी छैटौँ पटक बालोन डी’ ओर अवार्ड जितेका छन् । सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै अर्जेन्टिनाका कप्तान मेस्सीले बालोन डी’ओर जितेका हुन् । फ्रान्सको पेरिसमा मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भान डाइकलाई पछि पार्दै अवार्ड जितेका हुन् ।
मेस्सी ६ पटक बालोन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी हुन् । मेस्सीले यस अघि सन् २००९ देखि १२ सम्म र २०१५ मा गरी पाँच पटक अवार्ड जितेका थिए । मेस्सीपछि रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् ।
महिलातर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापोनीले जितिन् । त्यस्तै लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपर अवार्ड जिते । विश्वभरका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारहरुको मतको आधारमा यस अवार्ड प्रदान गरिन्छ ।
यो पनि पढ्नुहोस
परासी : पश्चिम नवलपरासीको सुस्तामा तटबन्ध निर्माणमा भारतले अवरोध गरेको छ। भारतीय पक्षको अवरोधपछि नदी किनारमा बनाउनुपर्ने तटबन्ध बाटो र खेत नजिक निर्माण गरिएको छ। अवरोधकै कारण केही क्षेत्रमा अझ पनि तटबन्ध निर्माण हुन सकेको छैन।
भारतीय एसएसबीले अवरोध गरेपछि सुस्ताको दक्षिणतर्फको सीमा क्षेत्र नजिकको नेपाली भूभागमा निर्माण गर्नुपर्ने तटबन्ध पनि नबनेको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले बताए। तटबन्ध बनाउन जाँदा भारतीय एसएसबीले अवरोध गर्ने गरेको उनको भनाइ छ।
नारायणी नदी किनार हुँदै ५ वर्षअघिबाट सुस्तामा तटबन्ध निर्माण कार्य सुरु भएको हो। नदीबाट हुने क्षतिलाई कम गर्न तटबन्ध सुरु गरिएको हो।‘तटबन्ध कार्य नेपालीले भोगचलन गर्दै आएको नदी छेउको ‘धनैया रेता’ भन्ने स्थानबाट गर्नुपर्ने थियो। तर भारतीय एसएसबीले आफ्नो भन्दै बनाउन दिएनन्। त्यसपछि हामीले त्यो स्थानलाई छाडेर बाटो र खेत नजिकैबाट तटबन्ध निर्माण गरेका छौं’, जयसवालले भने। धनैया रेतालाई छाडेर नजिकैबाट तटबन्ध गरेका कारण सोही बहानामा उक्त जग्गा भारतीयले आफ्नो भन्दै दाबी गर्न सक्ने संभावना उत्तिकै बढेको छ।