काठमान्डू,
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालकी अञ्जली चन्दले विश्व कीर्तिमान बनाएकी छन्। पोखरा क्रिकेट मैदानमा सोमबार माल्दिभ्सविरुद्धको खेलमा उनले विश्व कीर्तिमान बनाएकी हुन्। अञ्जलीको कीर्तिमानसँगै नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित गर्यो। अञ्जलीले दुई ओभर बलिङ गर्दै एक रन पनि नदिई ६ विकेट लिँदै विश्व कीर्तिमान बनाएकी हुन्। कुनै पनि क्रिकेटरले अहिलेसम्म रन नखर्चिकन ६ विकेट लिन सकेका छैनन्।
अञ्जलीले चार ब्याट्सवुमनलाई क्याच गराएकी थिइन्। यस्तै दुई खेलाडीलाई बोल्ड गरिन्। अञ्जलीले नवौं ओभरको पाँचौ र छैटौं तथा ११औं ओभरको पहिलो बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरेकी थिइन्। टिट्वेन्टीमा अञ्जलीको प्रदर्शन विश्व कीर्तिमान भएको नेपाली टोलीका प्रशिक्षक जगत टमटाले जानकारी दिए। उनले माल्दिभ्सका नौ खेलाडी शून्य रनमै आउट हुनु पनि अर्को कीर्तिमान भएको बताए। यसैगरी कुनै पनि टोली १६ रनमा अलआउट हुनु पनि अर्को कीर्तिमान हो भने मात्रै पाँच बलमा जित हासिल गर्नु पनि अर्को कीर्तिमान भएको टमटाले दाबी गरे।
यो पनि पढ्नुहोस
काठमाडौँ – तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार १ वटा स्वर्ण पदकको छिनोफानो हुँदैछ।
कराँतेका विभिन्न स्पर्धामा ६, भलिबलका दुई तथा उसुका दुई स्वर्ण पदकको टुंगो लाग्ने भएको हो । यस्तै सुटिङ्गमा दुई, तेक्वान्दोमा चार, ट्रायथलनमा दुई गरी १८ स्वर्णको टुंगो आज लाग्ने भएको हो ।
हालसम्म नेपाल १५ स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै भारत र श्रीलंकाले तीन–तीन स्वर्ण पदक जितेका छन् । बंगलादेश र पाकिस्तानले दुई–दुई स्वर्ण पदक जितेका छन् ।