आज महिला भलिबलको फाइनलमा नेपाल र भारत भिड्दै,सक्दो शेयर गरौ

काठमाडाैँ, १७ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तेस्रो दिन आज मंगलबार विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको दोस्रो दिन काठमाडौं र पोखरा गरि कुल १५ खेलको प्रतिस्पर्धा हुनेछ । सागमा मंगलबार एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो,ट्रायथोलन, भलिबल र उसुको प्रतिस्पर्धा हुनेछ । जसमा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा हुन्छ । अन्य खेल काठमाडौंमा हुनेछ ।

सागको तेस्रो दिन आज पुरुष फुटबलमा दुई खेल हुँदैछन् । जसमा नेपालले भुटानसँग पहिलो खेल खेल्दैछ । नेपाल र भुटानबीचको खेल १ बजे दशरथ रंगशालामा हुनेछ । अर्को खेलमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ । महिला फुटबलतर्फ पनि दुई खेल हुनेछन् । पोखरा रंगशालामा हुने पहिलो खेलमा नेपालले श्रीलंकाको सामना गर्नेछ । यस्तै दोस्रो खेलमा भारत र माल्दिभ्स भिड्नेछन् ।

साग अन्तर्गत मंगलबार महिला र पुरुष भलिबल दुबैतर्फको फाइनल खेल हुनेछ । त्रिपुरेश्वरको राखेप कभर्ड हलमा महिलातर्फ स्वर्णका लागि नेपाल र भारतबीच खेल हुनेछ । पुरुषतर्फ भारत र पाकिस्तानले स्वर्णका लागि खेल्नेछन् । गत शनिबार भएको सेमिफाइनलको खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको थियो । श्रीलंकामाथि नेपालले पहिलो सेटमा २५-१४, दोस्रो सेटमा २५-१८ र अन्तिम सेटमा २५ – २१ को जित निकालेको थियो ।

शनिबारै भएको अर्को सेमिफाइनलेको खेलमा भारतले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको थियो । भारतले पहिलो सेटमा २५-१४, दोस्रो सेटमा २५-६ र तेस्रो सेटमा २५-१७ ले माल्दिभ्सलाई पराजित गरेको थियो ।
यो पनि पढ्नुस
बाग्लुङ । मंसिर १४ गते सम्पन्न बागलुङ क्षेत्र नं.२ प्रदेश (ख) को उपनिर्वाचनमा सहभागी भई आफुलाई अमुल्य मत प्रदान गर्नेप्रति नेपाली काँग्रेसका उम्मेदवार जितबहादुर शेरचनले धन्यवाद प्रकट गरेका छन् ।

आफ्नो सामाजिक संञ्जाल मार्फत सम्पुर्ण निसी, भुजी तमान र ढोरपाटन बासीका आफ्ना मतदाता र शुभचिन्तकहरुमामा धन्यबाद प्रकट गरेका हुन् । उनले आफ्नो फेसबुक मार्फत लेखका छन् –‘मलाई भोट राख्ने नराख्ने सवैलाई धन्यबाद दिन चाहन्छु साथै विजयी साथी खिम विक्रम शाही लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’

उनले आफु मतले हारेको भए पनि मन कहिल्यै नहार्ने बताएका छन । शेरचनले आगामी दिनहरुमा जनताको पक्षमा काम गर्ने कुरा कुनैपनि कसुर बाकी नराख्ने बताएका छन् । शेरचनले भनेका छन, ‘मेरा पार्टीका केन्द्र देखी जिल्ला तहका नेता तथा कार्यकर्ता लाई धन्यबाद दिन चाहन्छु । निर्वाचन परिचालन गर्ने क्षेत्रीय समिति प्रदेश क्षेत्रीय समिति र निसीखोला, ढोरपाटन, र तमानखोलाको गाउँ र नगर समिति लगायत सवै नेता तथा कार्यकर्ताले सहयोग गर्नुभयो उहाँहरु प्रति ऋणी छु ।, आउँदा दिनहरुमा पनि सहयोग सदभाव र सुझावको अपेक्षा गरेको छु ।’

त्यसैगरी नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ प्रदेश (ख) ले पनि एक विज्ञप्ती जारी गरी सम्पुर्ण मतदातालाई धन्यबाद दिएको छ । क्षेत्र नं. २ प्रदेश (ख) का सभापति नरजंग घर्ति द्धारा जारी विज्ञप्तीमा यस क्षेत्रका सम्पुर्ण दाजुभाई तथा दिदिबहीनीहरुमा आफ्ना उम्मेदवार जितबहादुर शेरचनको पक्षमा निष्ठाकोे अमुल्य मत प्रदान गरेकोमा मतदातालाई कृतज्ञता प्रकट गरेको छ । त्यसैगरी तमाम चुनौतीका बाबजुत अहोरात्र खट्नुहुने पार्टीका सम्पुर्ण नेता तथा कार्यकर्ता प्रतिपति धन्यबाद प्रकट गरिएको छ । विज्ञप्तीमा यस प्रदेश निर्वाचन क्षेत्रको विकास, पार्टी संगठन विस्तार, र आम साथीहरुको मनोबल उचो राख्न नेपाली काँग्रेस सदैव विभिन्न अभियानमा सँगै जनताको विचमा रहन प्रण गर्ने उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार