नेपालले जित्यो १९ स्वर्ण, फुटबलमा पनि नेपालले श्रीलंकालाई हराएर विजयी सुरुवात गर्यो !

१३ औं दक्षिण एसियाली खेलकुद(साग) महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । पोखरा रंगशाला मैदानमा श्रीलंकालाई १-० गोल को अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । नेपालको जितमा सरु लिम्बुले ८८ औं मिनेटमा मिनेटमा गोल गर्दै नेपालको जित पक्का गरेकी हुन् । महिला फुटबलमा ४ टोलीको मात्र सहभागिता रहेको छ । अन्य दुई टोलीमा भारत र माल्दिभ्स छन् ।

सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष २ टोलीले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै पुछारका दुई टोलीले कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले आफ्नो दोस्रो खेल बिहिबार माल्दिभ्ससँग खेल्नेछ ।

तेह्रौँ साग नेपाललाई थप चार स्वर्ण

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज बिहान भएका विभिन्न खेलमा नेपालले थप चार स्वर्ण पदक जितेको छ । नेपालले आज उसुमा दुई तथा कराते र डुवाथोलनमा एक एक स्वर्ण जितेको हो । यो सँगै नेपालले अहिलेसम्म १९ स्वर्ण, चार रजत र आठ कास्यसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । त्यस्तै श्रीलङ्का ४ स्वर्ण, ६ रजत र ११ कास्यसहित दोस्रो तथा भारत ३ स्वर्ण, ८ रजत र ५ कास्यसहित पदकतालिकाको तेस्रो स्थानमा छ ।

उसुमा दुई स्वर्ण

उसुमा नेपालले दुई स्वर्ण पदक जितेको छ । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा भएको खेलमा नेपालकी सुस्मिता तामाङ र विजय सिञ्जालीले स्वर्ण जितेका हुन् । आजदेखि शुरु भएको उसुको थाउलुतर्फ थानछ्वानको महिला स्पर्धामा नेपालकी सुस्मिता तामाङले स्वर्ण जितेकी छिन् । तामाङले ९ दशमलव ४४ अङ्क प्राप्त गर्दै स्वर्ण जितेकी हुन् । उक्त स्पर्धामा श्रीलङ्काले रजत तथा बङ्गलादेशले कास्य पदक जितेको छ । उसुतर्फ आजको यो नै पहिलो खेल थियो ।

यस्तै उसुको थाउलुतर्फ थानछ्वानको पुरुष स्पर्धामा नेपालका विजयले बङ्गलादेश र श्रीलङ्काका खेलाडीलाई उछिन्दै स्वर्ण जितेका हुन् । उनले ९ दशमलव ४८ अङ्क जोडे । सो स्पर्धामा बङ्गलादेशले रजत तथा श्रीलङ्काले कास्य पदकमा चित्त बुझायो । उसुमा हालसम्म नेपालले नौ स्वर्ण जितेको छ । नेपालले पहिलो दिन सोमबार सात स्वर्ण जितेको थियो ।

करातेमा नविनलाई स्वर्ण

तेह्रौँ सागअन्तर्गत करातेको ६७ किलो कुमुतेमा नेपालका नविन रसाइलीले आज स्वर्ण पदक जितेका छन् । नविनले पाकिस्तानका मोहम्मद नासिरलाई ८–६ अङ्कका आधारमा पराजित गर्दै स्वर्ण जितेका हुन् । ललितपुरको सातदोबाटोस्थित कराते कभर्ड हलमा भएको खेलमा उनले बङ्गलादेशका मोहम्मद थेरदुसलाई ८–२ अङ्कले पराजित गरेका थिए । करातेतर्फ यो नेपालको आठौँ स्वर्ण हो । सोमबार नेपालले करातेमा सात स्वर्ण जितेको थियो ।
यो पनि पढ्नुहोस
ज्योति विकास बैँकले १३ वटा सवारी साधन बिक्रीको लागी गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको छ । बैँकले केन्द्रीय कार्यलय काठमाडौँका प्लाजा कमलादिवाट ८ वटा, बीरगंज शाखाबाट एउटा, जाजरकोट शाखावाट एउटा, बाग्दुला शाखावाट एउटा, गुलरिया शाखावाट एउटा र पोखरा शाखाबाट एउटा गाडी बिक्रिका लागि सूचना जारी गरेको छ ।

उक्त सूचनाको अनुसार बैँकको सवारी खरिद गर्न पुष दुई गतेभित्र बैंकको केन्द्रीय कार्यलयमा गोप्य शिलबन्दी पेश गर्नुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार