बागलुङमा जीप दु* र्घटना, १४ जनाको ज्या* न गयो

बागलुङ – बागलुङको बडिगाडमा जीप दु’ र्घटना हुँदा १४ जनाको ज्या’ न गएको छ । गुल्मी इश्मा गाउँपालिकाको कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिकाका लागि छुटेको ग१ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिका वडा नम्बर ७ भिमगिठेको घोकर्णामा दु’ र्घटना हुँदा १४ जनाको ज्या’ न गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

केही हराइरहेका छन् । दुर्घ’ टनामा घाइते भएका तीन जनालाई स्थानीयबासिन्दा र प्रहरीले उद्धार गरी स्वास्थ्यसंस्थातर्फ पठाएका छन् ।

दु’ र्घटनामा परेका सबै निसीखोलामा कुलपूजाका लागि जाँदै गरेको बुझिए पनि ज्यान गुमाउनेको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ । जीपमा कति जना सवार थिए भन्ने एकिन हुन सकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।
यो पनि पढ्नुहोस
बेलौरी नगरपालिकाको शिवनगरमा रहेको महाकाली चिनी मिलले उखुको मूल्य निर्धारण गरेको छ । चिनी मिल सञ्चालक र उखु उत्पादक किसान हक हित संरक्षण समितिबीचको सहमतिमा उखुको मूल्य निर्धारण गरिएको हो ।

सहमतिअनुसार अर्लि जातको उखुको मूल्यप्रति क्वीन्टल ४४०,सामान्य उखुको मूल्यप्रति क्वीन्टल ४१६ र कमसल खालको उखुको मूल्यप्रति क्वीन्टल चार सय तोक्ने सहमति भएको चिनी मिलका अध्यक्ष राजेश्वर शाहले बताए ।

चिनी मिलले आजदेखि उखु सङ्कलनसँगै तौल गर्ने कार्य समेत शुरु गरेको छ । मिलले किसानको उखुको तौल लिने काम कोडका आधारमा गर्ने जनाइएको छ । किसानलाई कोड र पर्चि नम्बर दिइने त्यसकै आधारमा किसानलाई मोबाइलमा म्यासेज पठाएर तौल लिने गरी व्यवस्था मिलाइको खबरदारी तथा पैरवी समिति बेलौरीका संयोजक हरेन्द्र विष्टले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार