एथलेटिक्सको महिलातर्फको १० हजार मिटर दौडमा सन्तोषीले दिलाइन ऐतिहासिक स्वर्ण

काठमाडौं, १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले एथलेटिक्समा पनि आफ्नो दमदार प्रदर्शन सुरु गरेको छ । एथलेटिक्सको महिला तर्फको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठ स्वर्ण जितेर साग खेलमा मध्यम दूरीको दौडमा नेपाललाई पहिलो पटक स्वर्ण जिताएकी हुन् ।

सन्तोषीले निर्धारित दूरी ३५ मिनेट ७ दशमलव ९५ सेकेन्डमा पूरा गर्दै उनले स्वर्ण जितेकी हुन् । उनले भारतकी कविता यादवलाई मात्रा एक मिलीसेकेन्डले पछि पार्दै स्वर्ण पदक उचाल्न सफल भएकी हुन् । यादवले ३५ मिनेट ७ दशमलव ९४ सेकेन्डमा दौड पूरा गरेकी थिइन् ।

एथलेटिक्समा सागमा स्वर्ण जित्ने सन्तोषी पहिलो नेपाली महिला खेलाडी बनेकी छिन् । यस स्पर्धामा श्रीलंकाकी धाविका निलाथीले काँस्य पदक हात पारेका छिन् ।
यो पनि पढ्नुहोस
१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपालले श्रीलङ्कालाई १ – ० ले पराजित गरेको छ।

नेपालका लागि सारा लिम्बुले ८८ औँ मिनेटमा गोल गर्दै नेपाललाई जित दिलाएकी हुन्।

महिला फुटबलमा पाँच देश सहभागि छन्। पोखरामा जारी प्रतियोगिता राउण्ड रोबिनका आधारमा हुनेछ। अन्तिम दुई टोलीबीच फाइलन प्रतिष्पर्धा हुनेछ। नेपालले अब अर्को खेल माल्दिभ्स विरुद्ध खेल्नेछ।

महिला फुटबलले नेपालका लागि स्वर्ण जित्ने आशा व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार