साग पुरुष फुटबल : भूटानविरुद्ध नेपालको शानदार जित

काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष फुटबलमा भूटानविरुद्ध नेपालले शानदार जित निकालेको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालले ४–० गोल गर्दै भूटानलाई पराजित गरेको हो । खेलको पाँचौ मिनेटमा सुजल श्रेष्ठले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाए । त्यस्तै खेलको दोस्रो हाफको ५० औं मिनेटमा सुजल श्रेष्ठ आफैले दोस्रो गोल गर्दै २–० ले अग्रता दिलाए ।

त्यस्तै खेलको ५५ औं मिनेटमा अभिषेक रिजालले अर्को गोल गर्न सफल बने, भने मिन्छेन तामाङले ७६ औं मिनेटमा निर्णयक गोल गरेसँगै नेपालले ४–० को शानदार जित निकालेको हो । पहिलो खेलमा बंगलादेशलाई हराएको भूटानले भने गोल गर्न असफल भयो ।

यो पनि पढ्नुहोस
काठमाडौं : ट्राफिक प्रहरी पोस्ट महेन्द्रनगर धनुषाका प्रहरी सहायक निरिक्षक नबिनकुमार झा घुससहित पक्राउ परेका छन्। ट्रिपरको सम्पूर्ण कागजात हुँदाहुँदै पनि विभिन्न बहाना बनाएर झाले सेवाग्राहीसँग घुस लिदालिँदै पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असई झालाई सेवाग्राहीबाट १ हजार घुस लिइसकेको अवस्थामा क्षिरेश्वरनाथ नगरपालिका-५ धनुषास्थित सखुवा चोकमा रहेको प्रहरी बिटबाट पक्राउ गरेको हो। उनले प्रत्येक ट्रिपरबाट १-१ हजार लिने गरेका थिए। घुससहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तिायरले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार