साग महिला भलिबलमा नेपालले रच्यो इतिहास, नेपाललाई अहिलेसम्मकै ठूलो पदक

काठमाडौं, १७ मंसिर । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपालले इतिहास रचेको छ । नेपालमा भएको १३ औं सागमा नेपाली महिला भलिबल टोलीले रजत जित्दै इतिहास रच्न सफल भएको हो । साग महिला भलिबलमा रजत अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो । यसअघि नेपालले महिला भलिबलमा कास्य मात्रै जितेको थियो । नेपालले सन् १९९९, २००६ र २०१६ मा कास्य जितेको थियो ।

भारतले भने साग अन्तर्गतको महिला भलिबलमा लगातार स्वर्ण जित्दै आइरहेको छ। यसपटक पनि भारतले स्वर्ण आफ्नै पोल्टोमा पार्न सफल भयो । मंलबार दिउँसो त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलुकद परिषद (राखेप)को कभर्डहलमा भएको खेलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण जित्न सफल भयो ।

भारतले पहिलो सेटमा २५–१७ जित्यो भने दोस्रो सेटमा भने नेपालले २५–२३ को जित निकाल्यो । तेस्रो सेटमा नेपालले भारतलाई २५–२१ ले पराजित गर्न सफल भयो ।
यो पनि पढ्नुहोस
१३ औं दक्षिण एसियाली महिला क्रिकेट प्रतियोगितामा बंगलादेशले विजयी सुरूआत गरेको छ। पोखरा रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो।

टस हारेपछि ब्याटिङमा आएको श्रीलंकाले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १ सय २२ रनको योगफल तयार पारेको थियो। श्रीलंकाको तर्फबाट यु थिमासिनीले ५६ रनको पारी खेलिन्। ४९ बलको सामना गरेकी उनले ४ छक्का र ५ चौका प्रहार गरेकी थिइन्। क्याप्टेन एच माधवीले ३० बलमा १ छक्का र २ चौका प्रहार गर्दै ३३ रन बनाइन्।

त्यस्तै, एस सन्दिपनीले १२ रन जोडेकी थिइन् भने बंगलादेशले अतिरिक्त ७ रन दिएको थियो। बंगलादेशको बलिङ्गमा नहिदा अख्तरले ४ तथा जहनर आलमले १ विकेट लिइन्।

१ सय २३ रनको लक्ष्य पछ्याएको बंगलादेशले १८.२ ओभरमा ३ विकेट गुमाएर विजयी लक्ष्य पार गरेको थियो। बंगलादेशको तर्फबाट सन्जिदा इस्लामले अभिजित ५१ तथा आयशा रहमानले २९ रनको महत्वपूर्ण योगदान दिए। सन्जिदाले ४५ बलमा ८ चौका प्रहार गरिन् भने आयशाले २ चौका प्रहार गरेकी थिइन्।

खेलको अन्तिमतिर ब्याटिङमा आएकी फरगंगा हकले अभिजित रहँदै २३ रन बनाइन्। मात्रै १८ बलको सामना गरेकी उनले १ छक्का र १ चौका प्रहार गरिन्।

श्रीलंकन बलरहर यु थिमासिनी, एस निसानसला र थारिक सिवान्डीले समान एक–एक विकेट लिए। खेलमा बंगलादेशकी सन्जिदा प्लेयर अफ द म्याच भइन्। नेपाल क्रिकेट संघका सदस्य ऋषि गौतमले उनलाई ट्रफी प्रदान गरेका थिए।

खेलपछि प्रतिक्रिया दिँदै बंगलादेशी कप्तान सलमान खातुनले क्रिकेटका लागि पोखराको वातावरण निकै राम्रो भएको बताउँदै पहिलो खेलमा आफ्ना खेलाडीहरूको प्रदर्शन चित्त बुझ्दो भएको बताइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार