नेपाली महिला भलिबल टोली : हारपछिको मलिन अनुहार

काठमाडौँ । एभिसि सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेर पहिलो अन्तर्राष्ट्रिय सफलता हात पारिसकेको नेपाली महिला भलिबल टिमलाई १३ औँ सागमा पनि नयाँ ईतिहास रच्ने सुनौलो मौका थियो ।

पहिलो अन्तर्राष्ट्रिय उपाधिले आत्मविश्वासी बनेका खेलाडी पनि घरेलु कोर्टमै भएको सागमा स्वर्ण जितेरै छाड्ने संकल्पमा थिए । तर, मंगलबार घरेलु कोर्टमै भारतसँग पराजित भएपछि नेपालको सागमा पहिलो पटक ऐतिहासिक उपाधि स्वर्ण जित्नबाट बन्चित बन्याे ।

त्रिपुरेश्वरस्थित राखेपको कोर्ट भएको फाईनलमा नेपालले भारतलाई कडा टक्कर दिए पनि हार टार्न भने सकेन् । नेपाल भारतसँग तीन दुईको सेटमा पराजित हुन पुग्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा भारत पहिलो सेट जिते पनि दोस्रो र तेस्रो सेट भने नेपालले आफ्नो पक्षमा पारेको थियो । तर, त्यसपछि भारतले लगातार चौथो र पाचौँ सेट जित्दै स्वर्ण पदकाे रक्षा गर्यो । नेपालले भने पहिलो पटक सागको ईतिहासमा रजत पदक जित्नुमा नै सिमित बन्न पुग्याे ।

घरेलु कोर्टमा नै स्वर्ण नजिक पुगेर पनि त्यसबाट चुक्नुको पीडा खेलाडी र प्रशिक्षकका लागि असह्य भयाे । खेलमा हार व्यहोरेसंगै खेलाडी र प्रशिक्षक भक्कानीय । घरेलु कोर्टमै अथाहा संख्यामा दर्शकको साथ हुदाँ हुदै पनि स्वर्णपदकबाट चुक्नुको पीडा उनीहरुले थान्म सकेनन् । जुन पीडा उनीहरुको आखाँमा प्रस्ट देखियाे । स्वर्णमा चुक्नुकाे पीडाले केही समय राष्ट्रिय खेलकुद परिसर राखेपको भलिबल कोर्टको माहोल नै स्तब्द रहन पुग्यो ।
यो पनि पढ्नुहोस
गत मंसिर ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा उपप्रधानमन्त्री रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भारतमा थिए।

दीगो विकाससम्बन्धी कार्यक्रममा स्वास्थ्य मन्त्रीका हैसियतले भाग लिन नयाँ दिल्ली पुगेका यादव फर्किने बेला कानुन मन्त्री बनिसकेका थिए।

यादवलाई स्वास्थ्यबाट कानुनमा पठाइयो भने राज्यमन्त्री सुरेन्द्र यादव बर्खास्तीमा परे। सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको मन्त्रालय यथावत् रहे पनि प्रधानमन्त्री ओलीले नेकपाका रामवीर मानन्धरलाई राज्यमन्त्री बनाए।

मंसिर ६ गते राति नेपाल फर्किएका यादवले ७ गतेको पार्टी बैठकअगाडि नै मन्त्री निवास छोड्ने तयारी गरिसकेका थिए। आफूलाई अपमान भएको भन्दै सरकारबाट बाहिरिने यादवको सोच थियो।

साँझ ४ बजे बस्ने बैठकमा सरकारबाट बाहिरिने निर्णय हुन्छ भन्ने यादवलाई लागेको थियो। त्यसैले उनले बैठकमा पार्टीको निर्णय मान्ने भनेर धारणासमेत राखेका थिए।

विशेषगरी संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईनिकटका पदाधिकारीले सरकारबाट बाहिरिएर आन्दोलन गर्नु पर्ने धारणा जोडतोडका साथ राखेका थिए। तर पूर्वनयाँशक्तिका नेताहरूको भनाइलाई लिएर पूर्वसंघीय समाजवादी फोरमका नेताले भने आपत्ति जनाए।

‘मन्त्रालय फेरिनासाथ सरकारबाट बाहिरिँदा सत्तालिप्साजस्तो देखिन्छ। हामी मन्त्रालयका लागिभन्दा पनि संविधान संशोधनका लागि गएको हो। संविधान संशोधन हुने\नहुने टुंगो लगाएरमात्रै यसबारे निर्णय गर्नुपर्छ भनेको हो,’ पूर्वसंघीय समाजवादी फोरमका एक पदाधिकारीले सेतोपाटीसँग भने,‘मधेसले अहिले खोजेको आन्दोलनभन्दा पनि संविधान संशोधन हो। त्यसका लागि सरकारमै बसेर प्रधानमन्त्री र सत्तारूढ दललाई मनाउन सक्नुपर्छ भनेर हामीले भनेको हो।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार