ब’ला’त्कारको ब’दलामा यी तीन दिदीबहिनीले गरे बाबुको ह’त्या

एजेन्सी,
रुसमा लामो समयसम्म आफ्नै बावुबाट ब’ला’त्कृत भएपछि तीन दिदीबहिनीले बावुको ह’त्या गरेका छन् । क्रेस्टिना, एन्जेलिना र मारिया खचतुर्यानले बावुलाई च’क्कु प्र’हार गरेका थिए । छोरीहरुको आ’क्रमणबाट घा’इते भएका बावु मिखाइलको हालै मृ’त्यु भएको हो ।

बावुबाट यौ’न शो’षण हुँदा उनीहरु १७, १८ र १९ वर्षका थिए । अहिले उनीहरु १९, २० र २१ वर्षका भएका छन् । लामो समयदेखि बावु मिखाइलले यौ’न शो’षण तथा ब’ला’त्कार गरेको भन्दै उनीहरुले आ’क्रमण गरेका थिए । यस्तो घ’टनापछि महिला अधिकारकर्मीहरुले ती दिदीबहिनीलाई जे’ल स’जायमा नपठाएर मानसिक उपचार गराउनुपर्ने बताएका छन् ।

अ’नुसन्धानकर्मी टोलीले मंगलबार घ’टनाको पुष्टि गर्दै ह’त्यामा प्रत्यक्ष रुपमा दुई छोरी दो’षी रहेको ठहर गरेको छ । एन्जेलिना र क्रिस्टेनालाई ह’त्याको दो’षी ठहर गरिएको हो । तर कान्छी मारियालाई भने मानसिक उपचारका लागि नि’गरानीमा राख्न सुझाव दिइएको छ ।
यो पनि पढ्नुहोस
गत मंसिर ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा उपप्रधानमन्त्री रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भारतमा थिए।

दीगो विकाससम्बन्धी कार्यक्रममा स्वास्थ्य मन्त्रीका हैसियतले भाग लिन नयाँ दिल्ली पुगेका यादव फर्किने बेला कानुन मन्त्री बनिसकेका थिए।

यादवलाई स्वास्थ्यबाट कानुनमा पठाइयो भने राज्यमन्त्री सुरेन्द्र यादव बर्खास्तीमा परे। सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको मन्त्रालय यथावत् रहे पनि प्रधानमन्त्री ओलीले नेकपाका रामवीर मानन्धरलाई राज्यमन्त्री बनाए।

मंसिर ६ गते राति नेपाल फर्किएका यादवले ७ गतेको पार्टी बैठकअगाडि नै मन्त्री निवास छोड्ने तयारी गरिसकेका थिए। आफूलाई अपमान भएको भन्दै सरकारबाट बाहिरिने यादवको सोच थियो।

साँझ ४ बजे बस्ने बैठकमा सरकारबाट बाहिरिने निर्णय हुन्छ भन्ने यादवलाई लागेको थियो। त्यसैले उनले बैठकमा पार्टीको निर्णय मान्ने भनेर धारणासमेत राखेका थिए।

विशेषगरी संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईनिकटका पदाधिकारीले सरकारबाट बाहिरिएर आन्दोलन गर्नु पर्ने धारणा जोडतोडका साथ राखेका थिए। तर पूर्वनयाँशक्तिका नेताहरूको भनाइलाई लिएर पूर्वसंघीय समाजवादी फोरमका नेताले भने आपत्ति जनाए।

‘मन्त्रालय फेरिनासाथ सरकारबाट बाहिरिँदा सत्तालिप्साजस्तो देखिन्छ। हामी मन्त्रालयका लागिभन्दा पनि संविधान संशोधनका लागि गएको हो। संविधान संशोधन हुने\नहुने टुंगो लगाएरमात्रै यसबारे निर्णय गर्नुपर्छ भनेको हो,’ पूर्वसंघीय समाजवादी फोरमका एक पदाधिकारीले सेतोपाटीसँग भने,‘मधेसले अहिले खोजेको आन्दोलनभन्दा पनि संविधान संशोधन हो। त्यसका लागि सरकारमै बसेर प्रधानमन्त्री र सत्तारूढ दललाई मनाउन सक्नुपर्छ भनेर हामीले भनेको हो।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार