पोखराको आकाशमा प्याराग्लाइडिङ हुन थालेको दुई दशक नाघिसकेको छ । यो अवधिमा धेरैपटक प्याराग्लाइडिङ दु र्घटनामा परे, केही यात्रुले ज्यान पनि गुमाए । सोमबार भएको प्याराग्लाडिङ दुर्घटनामा पाइलट ३८ वर्षका राजु गैरे नेपालीको ज्या न गयो । यो घ टना सबैका लागि नौलो भयोे । किनकि टेन्डम (यात्रुसहित) को उडान दु र्घटनामा पाइलटले ज्यान गुमाएको यो पहिलोपटक हो ।
यसअघि सोलो (एकल) उडान वा प्रशिक्षार्थी पाइलट मात्रै बढीजसो दु र्घटनामा पर्दै आएका थिए । टेन्डम उडान दु र्घटनामा परिहाले पनि यात्रु र पाइलट सामान्य घा इते भएका थिए । यसपटक भने अनुभवी टेन्डम पाइलटले नै ज्यान गुमाए । यो दु र्घटनापछि उडानका क्रममा पाइलटले गर्ने ग ल्तीबारे पनि बहस चल्न थालेको छ ।
अनुभवी पाइलटहरूका अनुसार उडानमा कतिपय पाइलटले गर्नै नहुने गतिविधि गर्छन्, जसले गर्दा दु र्घटनाको जो खिम बढेको छ । प्याराग्लाइडिङका अनुभवी पाइलट दामोदर पराजुली भन्छन्, ‘पाइलटले गर्नै नहुने गतिविधि गर्दा पनि दु र्घटनाको जो खिम बढेको छ । पाइलटका उच्छृंखल गतिविधिले दु र्घटना दोहोरिने गरेका छन् ।’
प्याराग्लाइडिङ पाइलटका प्रशिक्षकसमेत रहेका पराजुलीका अनुसार उडानका क्रममा यात्रुलाई थप रोमाञ्चकता दिलाउन कतिपय पाइलटले भुइँ नजिकै पुगेर फूल र रूखका पात टिप्ने, तालको पानी छुवाउने, एक्रोब्याटिक गराउने गतिविधि पनि गर्छन् । नागरिक दैनिकमा खबर छ । यसबाट दु र्घटनाको जो खिम बढी हुन्छ ।
‘आकाशमा उडिरहेको ग्लाइडरलाई रूख नजिकै ल्याएर फूल र पात टिप्न खोज्नुलाई उच्छृंखलता भन्न सकिन्छ,’ उनी भन्छन्, ‘यसो गर्नुु मूर्खता पनि हो ।’ चालकले पात र फूल टिपेर दिई यात्रुलाई खुसी पार्न यसो गरेको उनले बताए । ‘उडिरहेका बेला रूखको नजिकै आएर फूल र पात टिपेर यात्रुलाई दिने पाइलटलाई कारबाही गर्नुपर्छ,’ उनी भन्छन् । स्रोतका अनुसार सोमबारको दु र्घटना पाइलटले रुखको पात टिप्न खोज्दा भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।